Siraha Times
ताजा समाचार

पोखरियामा रकम दिएर नियुक्ती लिएकाहरुको बिजोग, अधिकृत श्रीवास्तव मालामाल

  • माघ १२, २०८१
  • १३८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १२ माघ। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले करोडौं करोड असुली दैनिक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीहरुलाई यती बेला बिजोग भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको निमित्तको जिम्मेवारी खोस्दै आर्थिक र प्रशासनिक कामकाज नगर्न भने पछि कर्मचारीहरुमा खैलाबैला मच्चेको छ ।

अधिकृत श्रीवास्तवले आफै र आफ्ना केही बिचौलियहरु मार्फत दैनिक ज्यालादारीमा करिब ४ सय भन्दा बढीको नियुक्ती दिदै करोडौं कुम्ल्याउन सफल भएको समाचार स्रोतले जनाएको छ । कुनै पनि व्यक्तिलाई जागिर चाहियो भने सर्टिफिकेटको फोटो कपी सहित निवेदन लिई प्रति व्यक्ति डेढ देखि दुई लाख सम्म लिएर आउन अधिकृत श्रीवास्तवले अघोषित रुपमा घोषणा नै गरेका थिए भनि एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । सोही घोषणा अनुसार सयौं व्यक्तिहरुले रकम दिई नियुक्ती लिए पनि हालसम्म तलब नपाएको र अब भ्रष्ट अधिकृतको जिम्मेवारी खोसिएपछि उनीहरु पानी बिनाको माछा जस्तै छटपटाउन थालेको बताईन्छ । तलब नपाउने करिब पक्कापक्की भएपछि घुस दिएर जागिर खाएका व्यक्तिहरुले बिचौलिया र अधिकृत श्रीवास्तवलाई तथानाम गाली गर्दै आफ्नो रकम फिर्ता मागिरहेको स्रोतले जनाएको छ । रकम फिर्ता गर्नु पर्ने डरले अधिकृत श्रीवास्तवले मोबाईल स्विच अफ गरी कुरा गर्न नचाहेको ती स्रोतको भनाई रहेको छ ।

दैनिक ज्यालादारीमा दर्जनौं कार्यालय सहयोगी, सुपरभाईजर, गार्ड, सामाजिक परिचालक, कम्प्यूटर अपरेटर, स्विपर, स्वयंसेवक शिक्षक, फायरमैन, जेसिबी ड्राईभर लगायतका पदहरुमा नियुक्ती भएको स्रोतको भनाई रहेको छ । पोखरियामा हेन्थ ईन्सपेक्सन ७ औं तहको दरबन्दी नभएतापनि भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले रकम असुली गर्नको लागि दर्जनौं बिचौलियाहरु परिचालन गरेर करोडौं असुली नियुक्ती दिएको स्रोतको कथन रहेको छ । बिचौलियाहरुले नियुक्ती लिने व्यक्तिहरु सँग अढाई देखि ३ लाख सम्म असुली अधिकृत श्रीवास्तवलाई डेढ देखि दुई लाख सम्म बुझाएको ती स्रोतको भनाई रहेको छ ।

बिचौलियाहरु बसन्त आर्ट पोखरियाका सञ्चालक बलराम साह तेली, फायरबिकेट ईन्चार्ज नन्दकिशोर यादव उर्फ टाईसन, सहायक प्रशासन प्रमुख बिजय साह तेली, पञ्जिकरण शाखा प्रमुख सुनिल राम, अपाङ्ग तथा न्यायिक समिति शाखा प्रमुख ललन पटेल, वडा नं. ९ का सहायक वडा सचिव भगवान साह कानु, श्री नेपाल राष्ट्रिय आधारभुत कन्या मा.वि. सतवरीया पोखरियाका प्रधानाध्यापक रामबाबु चौहान, सुपरभाईजरमा नियुक्त भएका शैलेस गुप्ता, जगतपुर मननपुर निवासी सुमित साह गोढ, लमरिया निवासी रामचन्द्र साह तेली, कार्यपालिका सदस्य राधा साह कानु, श्रीसिया निवासी मदन चौहान लगायत मार्फत नियुक्ती भएको स्रोतले जनाएको छ ।

यतिमात्र होईन, भ्रष्ट अधिकृत श्रीवास्तवले निर्माण व्यवसायी, सप्लायर्स, एनजिओ लगायत सँग अग्रिम कमिशन लिएर कार्यदेश दिएकोमा अब भुक्तानी नहुने भनि चिन्ता बढेको एक ठेक्केदारले बताए । सो नगरपालिकामा भुक्तानी दिनु पर्ने जति रकम नभए पनि करिब ७ करोड रुपैया भुक्तानी गर्न बाकी रहेकोमा अधिकांश भुक्तानी लिनेहरु सँग अधिकृत श्रीवास्तवले अग्रिम कमिशन नै बुझिसकेको स्रोतको भनाई रहेको छ । भ्रष्ट प्रवृतिका अधिकृत श्रीवास्तवले पोखरिया नगरपालिकामा जिम्मेवारी सम्हाले देखि भ्रष्टाचार बढेको, नगरपालिका अस्तव्यस्त भएकोले उनको कार्यकालमा भएको सम्पूर्ण कार्यको छानबिन गरी कारवाही गर्न नियमनकारी निकाय सँग नगरवासीहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१