Siraha Times
ताजा समाचार

सामाजमा रहेका हानीकारक परम्परगत अभ्यास अन्त्यका लागि प्रतिबद्ध हुदै युवाहरु

  • मंसिर १३, २०८१
  • १३२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजू कुमारी दास १३ मंसिर, लाहान । ३३ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो र तेस्रो दीन (मंसिर ११ र १२ गते) समाजमा व्याप्त हानीकारक परम्परागत अभ्यास, बालविवाह, लैङ्गिक हिंसा, लैङ्गिक विभेद विरुद्धको प्रतिबद्धता हस्ताक्षर कार्यक्रममा करिब ७५० जना किशोर किशोरीले हस्ताक्षर गरी प्रतिबद्धता जनाएको छ भने करिब ५० जनाले लैङ्गिक हिंसा बाट उत्तपन्न हुने मनोसामाजिक समस्याको पहिचान गर्ने सिपको विकाश गरी त्यस्ता समस्यामा परेका किशोर किशोरी महिला पुरुषको पहिचान गर्न र उनीहरुलाई मनोविमर्स सेवा लिन उत्प्रेरित गर्ने कार्यका लागि तयार भएका छन् । 

33 Au Laigink 1 गोलबजार नगरपालिका वडा नं. २ का श्री माध्यमिक विद्यालय गुरुधाम, ३ मा रहेको श्री सरस्वती मावि जम्दह, ४ का श्री जनता मा.वि. गोलबजारमा मंसिर ११ का दिन र गोलबजार नगरपालिका वडा ९ का श्री जनता मा.वि.चन्द्रोदयपुर डण्डा, वडा ११ का श्री मा.वि. बलकावा, वडा १२ का श्री जनता मा.वि.बेतौनामा मंसिर १२ गते मुक्ति नेपाल द्वारा संचालित हानिकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह विरुद्धको अभिमुखीकरण तथा प्रतिबद्धतामा हस्ताक्षर कार्यक्रमा प्रतेक विद्यालयका कक्षा ७,८,९ र १० का जम्मा ७५० जना किशोरी किशोरीहरुको सहभागीतामा सम्मपन्न भएको उक्त कार्यक्रममा सहभागी बालबालिका र किशोर किशोरीहरुले हानिकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह भनेको के हो यसका कारण, असर र रोकथामका उपाय बारे साथै १६ दिने अभियान के हो र किन मनाइन्छ भने विषयमा जानकार भई यस्ता अभ्यास त्यागनलाई प्रतिबद्ध भएको जनाइयो । प्रतिबद्धता पत्रमा ई सवालहरु उल्लेखित थिए जस्तै “म हिंसा गर्दिन सहदिन साथै हुन पनि दिन्न ।” “म लैङ्गिक संवेदनशील हुनेछु साथै संवेदनशीलतालाई प्रवर्द्धन गर्नेछौँ ।” “म बालविवाह गर्दिन साथै हुन पनि दिन्न ।” “लैङ्गिक समानता सामाजिक अपाङ्गता तथा समावेशीकरण नीतिलाई अवलोकन गर्नेछौं ।” 

33 Au Laigink 2 त्यस्तै गोरबजार नगरपालिका वार्ड नं ५ असनपुर ( दुनवारी टोल) का शिव गुरु महिला समूहका सदस्यहरू, लक्ष्मी किशोरी समूह का सदस्यहरू र युवा हरू को सहभागितामा लैङ्गिक हिंसा बाट उत्पन्न हुने मनोसामाजिक समस्या तथा मनोसामाजिक समस्या सम्बन्धी अभिमुखीकरण कार्यक्रम जम्मा ४७ जनाको सहभागितामा सम्मपन्न भयो जसमा लैङ्गिक हिंसा भनेको के हो , यसले कस्ता कस्ता प्रभाव पार्छ र मनोसामाजिक समस्या उत्पन्न हुने कारण, मनोसामाजिक समस्याका लक्षण र मनोविमर्श को आवश्यकताबारे सचेतना गराई बृहत रूपमा छलफल गरीएको छ । यस्ता छलफलले सहभागिहरु समुदाय बाट आएका समस्या हरूमा मनोसामाजिक समस्याको पहिचान गरी मनोविमर्श सेवा सम्म कसरी पुग्ने र पुर्‍याउने भन्ने प्रष्ट बुझाइ भएको पाइयो साथै मनोसामाजिक समस्या का कारण, लक्षण र मनोविमर्श सेवा को आवश्यकता बारे सचेत भएको जनाइएको छ ।

33 Au Laigink 3

प्रतिक्रिया दिनुहोस

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१