Siraha Times
ताजा समाचार

क्याकुसिन करातेको डोजोमा प्रति महिना ५ हजार रकम दिने दुबेको घोषणा

  • मंसिर ८, २०८१
  • ७३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया बारा, ९ मंसिर / बाराको फेटा गाउपालिका वडा नम्बर १ भलुही स्थित बगैचा कटेजमा हुने गरेको क्याकुसिन करातेको डोजोमा प्रति महिना ५ हजारको दरले रकम दिने दुबेले घोषणा गर्नुभएको छ । महिलाको साथि सखि संस्थाको छैठो बार्षिक सधारण सभाको अवसरमा आयोजित कार्यक्रममा फेटा गाउपालिका वडा नम्बर ७ निवासी पत्रकार तथा समाजसेवी उमेश दुबेले क्याकुसिन कराते डोजोमा प्रति महिना ५ हजार रकम दिने घोषणा गर्नु भएको हो । पत्रकारिता पेशाको साथ साथै समाज सेवामा निरन्तर खटिरहेका समाजसेवी उमेश दुबेले खेलाडीहरुको मनोबल खस्न नदिने, खेलाडीहरुको भावना तथा उर्जामा थप मदत पुग्ने आशा र विश्वासका साथ प्रति महिना डोजोमा रकम दिने घोषणा गरिएको बताए । उहाले स्थानीय सरकारले आ—आफनो ठाउहरुबाट खेलाडीहरुका लागि योजना छुटयाउने काम गरेतापनि फेटा गाउपालिकाको हकमा खेलाडीहरु निरास रहेका बताउनु भयो । फेटा गाउपालिकाको ७ वटै वडाहरुका खेलाडीहरुलाई स्थानीय सरकारले बन्चित गर्न खोजेको आरोप लगाउदै खेलाडीहरुतर्फ ध्यान पुरयाउन हालका मेयरलाई आग्रह गर्नुभयो । 

सखि संस्थाले आयोजना गरेको कार्यक्रममा युवा नेता उमेश कुश्वाहाले संस्था र सहयोगी हात भनिएका बिक्की कुश्वाहा, राजेश कुश्वाहा संगै राजनीतिमा फेटा गाउपालिकामा उदाउदो किरणको रुपमा मानिन थालिएका समाजसेवी उमेश दुबेले गरिरहेको कार्यको प्रशंसा गरेका थिए । उहाले दलित समुदायका बालबालिका अध्यणबाट बन्चित रहेका बेला यहि सहयोगी हातहरुका कारण हाल बिद्यालयमा अध्यण गरिरहेको बताए । उहाले स्थानीय स्तरले गर्न नसकेको काम युवाहरुले गरेर देखाएको र सबै युवा एकजुट भए अवश्य नै भ्रष्टाचारको अन्तय हुने बताए । 

यता प्रसौनी गाउपालिकाका अध्यक्ष बिनोद प्रसाद जैश्वालले सखि संस्था फेटा गाउपालिकामा दर्ता रहेका कारण सहयोग गर्न नसकिएको बताएका थिए । सखि संस्थाले गरेको कार्य सराहनीय रहेपनि स्थानीय सरकारको नजर पुग्न नसकेको बताएका थिए । उनका अनुसार सखि संस्थाले आयोजना गरेको कार्यक्रममा क्याकुसिन करातेको डोजो सहित संस्थालाई समेत अगामी दिनमा सहयोग गरिने वाचा गरेका थिए । कार्यक्रममा प्रसौनी गाउपालिकाका उपाध्यक्ष लगायत सयौको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१