Siraha Times
ताजा समाचार

सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले फाल्गुनन्द जयन्तीको पावन अवसरमा दिनुभएको शुभकामना सन्देशको पूर्णपाठ :

  • कार्तिक २५, २०८१
  • ७४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २५ कार्तिक । किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको फाल्गुनन्दले शिक्षा, सामाजिक समता र सांस्कृतिक पहिचानको क्षेत्रमा उल्लेखनीय कार्य गर्नुभएको थियो । किराँत समुदायका धर्मगुरु भए पनि सबै समुदायले उहाँप्रति समान श्रद्धा र आस्थाका साथ उहाँको जन्मजयन्ती भव्यताका साथ मनाउने गर्दछन् । उहाँ किराँत धर्म र संस्कृतिको मौलिक पहिचानको संरक्षणमा जोड दिँदै समाज सुधारको अभियानमा जीवनभर अहोरात्र समर्पित एवम् सक्रिय रहनु भएको थियो ।

फाल्गुनन्दले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक छन् । त्यसमा छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्षहरु समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् । फाल्गुनन्दको उच्च आदर्श, सद् विचार, पवित्र उद्देश्य र उहाँले अवलम्बन गर्नुभएको सत्मार्ग सिंगो नेपाली समाजको मार्गदर्शन गर्ने महत्वपूर्ण पक्षहरु हुन् । उहाँका प्रेरणादायी उपदेश र मार्गदर्शनले आ–आफ्नो संस्कृति र परम्परा मनाउने नाममा पछिल्लो समय नेपाली समाजमा विकास हुँदै गएको भड्काउलोपन, आडम्बर र मंहगा कुसंस्कृतिलाई मितव्ययी एवम् संयमित बनाउन सहयोग पुग्ने भएकाले हामी सम्पूर्णले त्यसको परिपालना र अनुशरण गर्न अति जरुरी छ । 

अन्त्यमा, यो जयन्तीलाई किराँत समुदायको गौरवशाली इतिहास र परम्परालाई जगेर्ना गर्ने अवसरका रुपमा लिन सक्नु पर्दछ । सामाजिक, सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण फाल्गुनन्द जयन्तीले राष्ट्रिय एकता, पहिचान र सामाजिक चेतना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु । राष्ट्रिय विभूति फाल्गुनन्दको पावन जन्मजयन्ती अवसरमा हामी सम्पूर्ण नेपालीलाई देश र समाजमा सदाचार, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै मुलुकको विकासको महाअभियानमा जुट्ने उत्प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१