Siraha Times
ताजा समाचार

पीडि़त परिवारलाई राहत वितरण

  • कार्तिक १५, २०८१
  • ७५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, कर्तिक १५ गते । घनघोर बर्षा संगै आएको बाढीको कारण प्रभावित एवं विस्थापित भएका १०० बाढीपीडित परिवारलाई छायाँ नेपालले राजदेवी नगरपालिकामा राहत सामग्री उपलब्ध गराएका छन् ।

राजदेवी नगरपालिका स्थित श्री आधारभुत बिधालय लक्ष्मीपुर बेलबिछवामा छायाँ नेपालको सहकार्यमा खानेपानी तथा सरसफाई समाग्री , सुत्केरी महिला तथा बाढ़ी पीडि़त परिवारलाई राहत सामग्री वितरण गरिएका हुन् ।राजदेवी नगरपालिका वड़ा नम्बर -८ का बाढ़ी पीडि़त परिवारलाई राहत वितरण गरिएको राजदेवी नगरपालिकाले जनाए ।

फेरी थप छायाँ नेपालद्वारा बाढ़ी पीडि़त परिवारलाई २० लिटरको बाल्टिन, मग, त्रिपाल, चामल-२५ के. जि , चिनी, दाल, नुन, तेल, झुल, साबुन, पेस्ट, मग, एकुवा ट्याब, साबुन तथा सरसफाई सहितका सामग्री १०० थप गरी जम्मा २०० जनालाइ वितरण गरिएको छायाँ नेपाल को प्रदेश संयोजक आशिष सिंहले जानकारी दिए ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदेवी नगरपालिका नगर प्रमुख भिखारी प्रसाद यादवले छायाँ नेपाल पालिका बीच समन्वय र सहकार्य गरि एस्तो राहत योग्य सामग्री गर्भवती महिला, महिला, अपाङ्गता भएको व्यक्ति र बालबालिकाको लागि उपलब्ध गराएकोमा नगर प्रमुख यादवले छायाँ नेपाललाई धन्यवाद व्यक्त गर्दै बाढ़ीबाट सवै भन्दा बढ़ी क्षति किसानलाई भएकाृ छ, किसानहरुको भएको क्षतिपूर्तिको उचित मुआब्जा दिने प्रतिबद्धता जनाए । 

बाढ़ीबाट प्रभावित भएका नगरपालिकाका स्थानीय संघ सस्थाको सहयोगमा सवैलाइ राहतको व्यवस्थापन समेत गराउने जानकारी दिए ।राजदेवी नगरपालिकाको बाढ़ी पीडि़त परिवारलाई सहयोग गर्ने संघ सस्था संग सहकार्य गर्न नगरपालिका तयार रहेकोले इच्छुक संघ सस्थालाई आवश्यक सहयोग गर्न आग्रह उनले गरे ।नगरपालिकाले कृषि, भौतिक पूर्वाधार, माछा, तरकारी खेती लगायतका क्षति बारे विबरण संकलन गर्ने कार्य जारी राखेको जानकारी दिदै जसरी भएपनि किसानलाई तथा प्रभावित परिवार समक्ष राहत उपलब्ध गराउने प्रतिबद्धतालाई दोहर्याए ।पीडि़तलाई हतास नहुन अनुरोध गर्दै नगरप्रमुख यादवले पीडि़तको दुःखमा गर्दै आएको सहयोग निरन्तर जारी राख्न छायाँ नेपाललाई अपील गरे । राहत वितरण कार्यक्रममा छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा, प्रदेश संयोजक आशिष सिंह, सबनम खातुन, संयोजक राजेश साह, उपप्रमख राज कुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, समाजसेवी नबीन सिंह , लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१