Siraha Times
ताजा समाचार

मिर्चैयामा दिउँसै एक बैंक कर्मचारीको कोठामै लाखौंको चोरी

  • कार्तिक १५, २०८१
  • ६०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १५ कार्तिक । सिराहाको मिर्चैयास्थित मुख्य बजारमा दिउँसै एक बैंक कर्मचारीको कोठामा लाखौंको चोरि भएका छन । ईलाका प्रहरी कायार्लय मिर्चैया नजिकै रहेको कृषि विकास बैंक मिर्चैयाका कर्मचारी शत्रुधन कुमार साहको कोठामा लाखौको चोरी भएको छ । आइतबार दिउँसो करिब १ बजे समयमा कोठाको ताल्चा फुटाएर दराजमा रहेको ४७ हजार नगद र सुनचाँदीको गहनाहरू चोरी भएको प्रहरिले जानकारी गराएका छन । प्रहरिका अनुसार चोर कर्मचारीको जस्तै पोशाक लगाएर घर भित्र पसेको र एक जना केटी बाहिर बसेर हेरिरहेको सिसि क्यामरामा कैद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएका छन । चाडपर्बको समय प्रहरि प्रशासनको फितलो सुरक्षाको कारण दिउँसै घटना भएको स्थानीयले आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१