सुनसरीमा चक्कु देखाएर लुटपाट गर्ने सात जना पक्राउ

  • भदौ २२, २०८१
  • ६५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान भदौ २२ । सुनसरीको इटहरीमा चक्कु देखाएर लुटपाट गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । रामधुनी ३ का २२ वर्षीय अनिष कोइराला, १९ वर्षीय सुसन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, रामधुनी ७ का १८ वर्षीय साकार भण्डारी, इटहरी ४ का २४ वर्षीय विशाल तामाङ र इटहरी १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका हुन् । उनीहरूलाई टेङ्ग्रा खोला क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट नगद ३० हजार २ सय ५५, एक थान चक्कु र ओकेटोके हेन्ड सेट दुई थान बरामद भएको छ  । इटहरी ३ तालतलैया नजिक गत मङ्गलबार बाटो छेकेर चक्कु देखाई दुई लाख नगद लुटपाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

नेपाल रेडक्रस सोसाइट ...

लहान, पुष १३ । “सेवा नै धर्म हो” भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१