बलान नदीको बिचमा फसेका ४ जनाको शस्त्र प्रहरी द्वारा उद्धार

  • असार २३, २०८१
  • ८०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ असार। हिजो सप्तरीको बेलहीका ४ जना गाइबस्तु चराउन र रोपाइ गर्न गएका ४ जना बिच नदिमा फसेकालाई शस्त्र बल बेलहीले ३ घण्टा पछि सकुशल उद्दार गरेको छ। गाईवस्तु चराउन गएका र रोपाइँ गरी बलान नदी हुँदै फर्किने क्रममा नदीमा अत्यधिक बहाव भएपछि शनिबार साँझ साढे ६ बजेदेखि चारैजना र गाईवस्तु नदीको मध्य भागमा फसेका थिए । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेल्हीबाट सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बहादुर बस्नेत नेतृत्वको टोलीले नदीमा फसेका चारै जनासहित १५ वटा पशु चौपायालाई शनिबार राति १० बजे सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

स्थानीय सरकार मौन, व ...

मुकेश यादव सिरहा पुष १६ । जनताको जीवन र जाडोको पीडासँग प्रत्यक्ष जोडिएको जिम्मेवारी बहन गर्नुपर्ने स ...

दलित बस्तीमा डोजर लग ...

सिराहा पुष १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा अवस्थित दलित बस्ती खाली गराउनका लागि ...

महिला सशक्तिकरण तथा ...

ओम प्रकाश यादव लहान पुष  १६ । महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना फैलाउने उद्देश्यसहि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१