Siraha Times
ताजा समाचार

मिर्चैया हेल्थ नर्सिङ्ग क्याम्पसको पत्रकार सम्मेलन, बदनाम गर्न खोजियो

  • असार १८, २०८१
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गिरिजा नन्द सह मिर्चैया, सिरहा । सिरहाको मिर्चैयामा सञ्चालित मिर्चैया हेल्थ नर्सिङ्ग क्याम्पसले विद्यार्थीबाट अतिरिक्त शुल्क नलिएको त्यसका प्रबन्ध निर्देशक विजयकुमार यादवले बताएका छन् । विद्यार्थीबाट अतिरिक्त शुल्क उठाइएको तथा क्याम्पसको पोल खुल्ने डरले विद्यार्थीलाई बन्धक बनाएको विषयमा समाचार सञ्चार माध्यममा प्रकाशन प्रसारण भएपछि प्रबन्ध निर्देशक यादवले आइतबार क्याम्पस परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
प्रबन्ध निर्देशक यादवले क्याम्पसलाई बदनाम गर्ने नियतिले भ्रामक समाचार प्रकाशन प्रसारण भएको दाबी गरे । समाचारमा कुनै सत्यता नरहेको उल्लेख गर्दै उनले प्रयोगात्मक अभ्यासका नाम विद्यार्थीबाट अतिरिक्त २० हजार रुपियाँ असुलेको कुरा गलत भएको भने । उनका अनुसार १३ जना विद्यार्थीले धरौटी वापतको रकम बुझाउन बाँकी रहेकाले सो रकम माग गर्दा त्यसैलाई गलत अर्थ लगाएर प्रचारप्रसार गरिएको छ ।
सिटीइभिटीले निर्धारण गरेको शुल्कबाहेक विद्यार्थीबाट अन्य कुनै शुल्क नलिएको स्पष्ट गर्दै प्रबन्ध निर्देशक यादवले भने, “सिटीइभिटीले पुरा कोर्सका लागि चार लाख ७५ हजार रुपियाँ निर्धारण गरेको छ । सो रकम पनि प्रावधानअनुसार लिने गरिएको छ । पहिलो बर्ष ४० प्रतिशत, दोश्रो बर्ष ३० र तेश्रो बर्ष ३० प्रतिशत शुल्क लिनुपर्ने सिटीइभिटीको प्रावधानमा छ ।” कसैसँग बढी रकम नलिएको उनले बताए ।
उनले विद्यार्थीलाई डरधम्की तथा बन्धक बनाइएको खबर पनि गलत भएको जिकिर गरे । उनले शनिबार साँझ र आइबार बिहान इलाका प्रहरी कार्यालय मिर्चैयाका इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाकुले क्याम्पसको निरीक्षण गरेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुखले विद्यार्थी सहज अवस्थामा रहेको प्रतिक्रिया दिए । क्याम्पसका प्रतिनिधि र विद्यार्थीसँग कुराकानी गरेको बताउँदै उनले खबर सुनेजस्तो अवस्था नरहेको भने ।
एउटै कोठामा ६÷६ जना राख्ने गरेका तथा होस्टलमा बस्न बाध्य पार्ने गरिएको लगायतका प्रश्न पत्रकार सम्मेलनमा पत्रकारले उठाएका थिए । पत्रकारको जवाफमा प्रबन्धक निर्देशक यादवले कसैलाई पनि होस्टमा बस्न बाध्य नपारिएको र मापदण्ड तथा कोठाको क्षेत्रफल अनुसार विद्यार्थीको अवासको व्यवस्था मिलाइएको दाबी गरे । उनले होस्टलमै बस्नुपर्ने बाध्यता नगरिएको बताउँदै उनले भने,“ यहाँ जति पनि विद्यार्थी छन् आफ्नो इच्छाले बसेको छन् । इच्छा नहुने बाहिर कोठा लिएर बसेका छन् । अहिले पनि १२–१३ जना विद्यार्थी बाहिर कोठा लिएर बसिरहेका छन् ।” अभिभावको अनुरोध तथा सुरक्षाको दृष्टीकोणले अभिभावक र विद्यार्थी सहमतिमा होस्टलमा राखिएको उनले भने ।

प्रतिक्रिया दिनुहोस

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१