Siraha Times
ताजा समाचार

जसपा नेपालको बन्दसत्र सुरु हुँदै

  • जेठ २९, २०८१
  • ८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम २९ जेठ । जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो महाधिवेशनको बन्दसत्र आज (मंगलबार) बिहान केही समयपछि सुरु हुँदैछ । आज सुरु बन्दशत्रले जसपा नेपालको आगामी राजनीतिक यात्राका लागि आवश्यक विभिन्न विषयहरुमा गम्भीर छलफल वहस गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।.

बन्दसत्रले पार्टीको विधान संशोधनका लागि गठित कार्यदलले पेश गर्ने प्रस्तावमाथि आवश्यक छलफल गरी पारित गर्ने कार्यसूची रहेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले जानकारी दिएका छन् । त्यस्तै, बन्दसत्रमा पार्टीको ३१ पृष्ट लामो राजनीतिक प्रतिवेदन मस्यौदाका रूपमा पेश गरिने बताइएको छ । यसै सत्रमा जसपा नेपालका केन्द्रीय लेखा परीक्षण आयोगका प्रमुख अमरेश नारायण झाले पेश गर्ने लेखा परीक्षण प्रतिवेदन उपर आवश्यक छलफल गरी पारित गर्ने कार्य सूची रहेको छ ।

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रस्थित सभाहलमा सम्पन्न हुने बन्दसत्रबाट अन्य विभिन्न समसामयिक प्रस्तावहरु पारित गर्ने बताइएको छ । बुधबार जेठ ३० गते भने जसपा नेपालको आगामी केन्द्रीय नेतृत्वका लागि निर्वाचनको कार्यक्रम तय हुने छ । ‘हामीले सकेसम्म सबै भावना समेटिन सक्ने गरी सर्वसम्मतिले नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने सोचेका छौं’, नेता चेम्जोङले भने । पार्टीले सोमबार जनकपुरधामस्थित तिरहुतीया गाछीको खुला प्राङ्गणमा हजारौँ पार्टी समर्थककाबीच एकताको पहिलो महाधिवेशन उद्घाटन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

साझेदारी वन संरक्षणम ...

वीरगंज २४ साउन। सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध् ...

परियार मित्रता समाज ...

आशिक हुसैन शेख दोहा, कतार साउन २४ । परियार मित्रता समाज कतारको विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा ...

मल अभावले किसान आक्र ...

रहमुल,लहान, २४ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ मिर्जापुर चौकमा मलखाद वितरणको विषय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१