जसपा नेपालको बन्दसत्र सुरु हुँदै

  • जेठ २९, २०८१
  • ७१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम २९ जेठ । जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो महाधिवेशनको बन्दसत्र आज (मंगलबार) बिहान केही समयपछि सुरु हुँदैछ । आज सुरु बन्दशत्रले जसपा नेपालको आगामी राजनीतिक यात्राका लागि आवश्यक विभिन्न विषयहरुमा गम्भीर छलफल वहस गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।.

बन्दसत्रले पार्टीको विधान संशोधनका लागि गठित कार्यदलले पेश गर्ने प्रस्तावमाथि आवश्यक छलफल गरी पारित गर्ने कार्यसूची रहेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले जानकारी दिएका छन् । त्यस्तै, बन्दसत्रमा पार्टीको ३१ पृष्ट लामो राजनीतिक प्रतिवेदन मस्यौदाका रूपमा पेश गरिने बताइएको छ । यसै सत्रमा जसपा नेपालका केन्द्रीय लेखा परीक्षण आयोगका प्रमुख अमरेश नारायण झाले पेश गर्ने लेखा परीक्षण प्रतिवेदन उपर आवश्यक छलफल गरी पारित गर्ने कार्य सूची रहेको छ ।

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रस्थित सभाहलमा सम्पन्न हुने बन्दसत्रबाट अन्य विभिन्न समसामयिक प्रस्तावहरु पारित गर्ने बताइएको छ । बुधबार जेठ ३० गते भने जसपा नेपालको आगामी केन्द्रीय नेतृत्वका लागि निर्वाचनको कार्यक्रम तय हुने छ । ‘हामीले सकेसम्म सबै भावना समेटिन सक्ने गरी सर्वसम्मतिले नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने सोचेका छौं’, नेता चेम्जोङले भने । पार्टीले सोमबार जनकपुरधामस्थित तिरहुतीया गाछीको खुला प्राङ्गणमा हजारौँ पार्टी समर्थककाबीच एकताको पहिलो महाधिवेशन उद्घाटन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१