धुम्रपान तथा सुर्तीजन्य पदार्थकाे प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • जेठ १८, २०८१
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी , जेठ १८ । पश्चिम नवलपरासीको परासीमा विश्व धुम्रपान रहित दिवसकाे अवसरमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न भएको छ । बागेश्वरी असल शासन क्लब (बास) नेपालकाे आयाेजनामा सम्पन्न भएको कार्यक्रममा बासका अध्यक्ष विष्णु राज रावकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगाैती यादव (रुदल)काे प्रमुख आतिथ्यतामा एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

साे असर बाेल्दै प्रमुख अतिथि यादवले जसरी काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थको न्युनिकरण गरि रहेकाे अवस्था छ त्यसरी नै नवलपरासीका सम्पूर्ण सराेकारवाला निकाय लाग्नुपर्ने अवस्था देखिन्छ र न्युनिकरण गर्न विद्यालय देखि समुदाय सम्म अभियानकाे रुपमा जानुपर्ने जाेड दिनुभयाे । यस्ताे अभियानले समाजमा पुर्ण रुपमा सुधार नदेखे पनि केही मात्रामा सुधार हुने दाबी समेत गर्नुभयाे । 

कार्यक्रममा सहजिकरण गर्दै स्वस्थ्य कार्यलयका निरज रानाले सुर्तीजन्य पदार्थ सेवनले हुने असर र बेफाईदाकाे बारेमा प्रकाश पार्नुभएकाे थियो । उक्त कार्यक्रममा पत्रकार सद्धाम हुसेन अन्सारी , नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैदवार , भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली ,नेपाल जेसिसका कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरि ,रामग्राम जेसिस वर्ष २०२४ का अध्यक्ष माेहन पाैडेल , महिला जेसिसकि अध्यक्ष विनिता खड्का ,बास नेपालका सल्लाहकार संजय पाठक , आदर्श माविका सुचना अधिकारी निरज ज्ञवाली लगाएतले आ-आफ्नो धारणा राख्नुभयोे थियोे । कार्यक्रममा बास नेपाल नवलपरासीकी उपाध्यक्ष जाेगकुमारी चाैधरिकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सञ्चालन बास नेपालका राजु देवानले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

लहानका कृषक यादवको प ...

मनोज बनैता लहान, पुष ५ । लहान नगरपालिका–२० ब्रमाहन गोर्छारीका ४० वर्षीय रुपेश यादवले परम्परागत ...

२८ बुँदे माँग सहित ज ...

रहमुल, सिरहा ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहाले २८ बुँदे मुख्य माँग सहित विभिन्न राष ...

लहानमा खैरो हिरोईन ज ...

रहमुल,लहान ४ पुस । सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढा चौकस्थित फुलवारीमा लागुऔषध बिक्री&nda ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१