Siraha Times
ताजा समाचार

सुनसरी प्रहरीले स्ट्रिङ अप्रेसन चलाउदा इनरुवामा घरभित्रै गाई काटदै आएका पक्राउ

  • जेठ १७, २०८१
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेष्ठ १७ । सुनसरी प्रहरीले स्ट्रिङ अप्रेसन चलाउदा इनरुवामा घरभित्रै गाई काटदै आएका व्यक्ति पक्राउ  राँगा भनेर सुनसरीको बजारमा गाई गोरुको मासु बेच्ने गरेको आशंकामा  जिल्ला प्रहरी कार्यालय सुनसरीले स्ट्रिङ अप्रेसन चलाएर इनरुवामा घरभित्रै गाई काटेर मासु बिक्री गर्दै आएका व्यक्तिलाई रङ्गेहात पक्राउ गरेको छ। सुनसरीको इनरुवा ३ महेन्द्र्रचोक स्थित बख्खु टोलमा गाई गोरु काटेर मासु बेचविखन भैरहेको सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सोमबार बिहान ५ः३० बजेको समयमा गाई काट्दै गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । 

प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार प्रहरी टोलीले घटनास्थलबाट फेकु महम्मदलाई पक्राउ गरेको छ । डीएसपी भण्डारीले उक्त स्थानबाट एक गाई र अर्को गोरु काटेको फेला परेको बताए । काटेर टुक्राउदै गरेको मासु समेत बरामद गरी पक्राउ परेका व्यक्ति उपर कानुनी कार्वाहीको प्रकृया अघि बढाइएको भण्डारीले बताए । सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा पुग्दा केही व्यक्ति भागेको जनाएको छ । गाई गोरु काट्ने कार्यमा संलग्न भई फरार रहेकाहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार उक्त स्थानमा लामो समयदेखि गाई काटेर मासु टुक्रा बनाई सुनसरी जिल्लाका विभिन्न बजारमा लगेर बिक्री गर्दै आएको भन्ने सुचनाका आधारमा उनीहरु उपर निगरानी बढाउने क्रममा सोमबार बिहान गाई काटदै गरेको अवश्थामा फेला पारिएको हो । 

गाई काटने गरेको समुहलाई नियन्त्रणमा लिन परिचालित प्रहरीसगै सुनसरीमा गौरक्षा तथा सनातन सस्कृती संरक्षणमा आवद्ध रहेका अभियन्ता तथा साहसि पत्रकार गणेश यादव उपर गाई काटने समुहले सांद्यातिक आक्रमण गरि घाइते बनाएका छन । यादवसहितका अभियन्ताहरु प्रहरीको अभियानमा साथ दिन पुगेपछि घरभित्रै गाई काटेर मासु टुक्राउदै गरेका व्यत्तीहरुले गणेश यादव उपर आक्रमण गरेको प्रहरीले जनाएको छ । 

यादवले गौहत्या हुने गरेको सुचनाका आधारमा आफुहरु निगरानीमा बसिरहेकाले प्रहरीले घटनास्थलमा उनीहरुलाई नियन्त्रणमा लिदै गरेको अवश्थामा पुगेपछि आफुमाथि आक्रमण भएको बताए छन । सार्वजनिक प्रतिकृया दिएका अभियन्ता यादवले बख्खु टोलमा लामो समयदेखि गाईगोरु काट्ने गरेको स्थानीयबाटै गुनासो आउने गरेको बताए । 

यादवले प्रहरी पुग्दा आफुसमेत उनीहरुको निगरानीका लागि पुगेकाले गाई काट्दै गरेको देखेपछि भिडियो बनाउँदा खोज्दा आफुमाथि एक्कासी घारिलो हतियारले आक्रमण भएको बताए । केहि व्यक्ति सोही क्रममा भागेको उनले बताए । यादवले रांगा भनेर गाई गोरु काटी बेच्ने गरेको जानकारी आफुले समेत पाएको बताए ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

गोलबजारमा मधेस प्रदे ...

रहमुल सिरहा, २४ भदौ । सिरहाको गोलबजार नगरपालिका–चोहोर्वास्थित श्री सृजना सामुदायिक भवनमा आयोजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१