प्राण प्रतिष्ठाको अवसरमा नवलपरासीमा भव्य र्याली सहित कार्यक्रम सम्पन्न

  • माघ ११, २०८०
  • ८४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,माघ ११ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी लगायतको क्षेत्रमा भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा आयोजित धार्मिक र्याली सहित कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । प्राण प्रतिष्ठाको अवसरमा सदरमुकाम परासी स्थित जम्मा भएका भक्तजनहरूको बाक्लो उपस्थिमा स्थानिय घन्टाघरबाट बाजा गाजा र धार्मिक झाँकीसहित निकालिएको विशाल र्याली महेशपुर , हकुई, बुद्ध चौक लगाएत सदरमुकामका विभिन्न टोल बस्तीहरू परिक्रमा गरेको हो ।

हजारौंको संख्यामा सहभागी भएका भक्तजनहरूको सामूहिक जय जयकारले नगर एकातिर गुज्यमान भएको थियो भने अर्कोतिर नगरमा सजाइएका सुन्दर झण्डाहरु को मनमोहक दृश्यले परासी लगाएत स्थानीय टोल बस्तीहरू सिंगारिएका थिए । र्यालीसंगै करिब तीन किलो मीटर सम्मको बाईक र्याली पनि निकालिएको थियो । बिहान करिब १० बजेको समयबाट शुरू भएको र्यालीमा सहभागिताका लागि भक्तजनहरू जिल्लाका विभिन्न ठाउँहरूबाट आएका थिए ।

सदरमुकाम परासी स्थितका विभिन्न मठ मन्दिरहरू लगाएत विभिन्न ठाउँहरूमा बेलुका करिब ५ बजेदेखि दीप प्रज्वलनको कार्यक्रम शुरू गरिएको थियो । धार्मिक र्यालीमा स्थानिय समाजसेवी, बुद्धिजीवी, लगायत विश्व हिन्दु परिषद पछिम नवलपरासी , वाडा नम्बर २ का वाडा अध्यक्ष निरज रौनियार, स्थानिय युवाहरु माही रफ्तार (सुरज ), दिपक सहनी,अभय यादव ,सन्तोष सहनी , वसन्त गोसाई ,अजय यादव लगाएतको समेत सहभागिता रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१