ताजा समाचार

लहानको भोतियाटोल स्थित ट्रकको ठक्करबाट घटनास्थलमै ३ को मृत्यु

  • चैत २६, २०७५
  • ६२४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २६ चैत्र । लहानको भोतियाटोल स्थित ट्रकको ठक्करबाट ३ जनको घटना स्थलमै मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १३ भोटियाटोल नजिक दुर्घटना हुँदा ३ जनको घटना स्थलमै मृत्यु भएका छन् ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको डिस्कभर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जनाकै मृत्यु भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा लहान नगरपालिका ४ बस्ने कृष्णा सहनी, शिव कुमार सहनी र मनोज मण्डलको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपि राजेश थापाले जनकारी दिएका छन् । मृतक तिनै जनाको शव पोष्टमार्डमको लागि लहानस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको थापाले जनाएको छ । st यता ठक्कर दिने ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक सिन्धुपाल्चोक बाराबिसे न पा ७ का ध्रुव देउजालाई ईलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा राखेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤