लहानको भोतियाटोल स्थित ट्रकको ठक्करबाट घटनास्थलमै ३ को मृत्यु

  • चैत २६, २०७५
  • ६०८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

लहान २६ चैत्र । लहानको भोतियाटोल स्थित ट्रकको ठक्करबाट ३ जनको घटना स्थलमै मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका १३ भोटियाटोल नजिक दुर्घटना हुँदा ३ जनको घटना स्थलमै मृत्यु भएका छन् ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ बिस्कुट बोकि जादै गरेको ना ३ ख ७७७४ नम्बरको फुलडाला ट्रकले विपरति दिशाबाट आईरहेको स ९ प ७३७८ नम्बरको १२५ सीसीको डिस्कभर मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जनाकै मृत्यु भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा लहान नगरपालिका ४ बस्ने कृष्णा सहनी, शिव कुमार सहनी र मनोज मण्डलको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपि राजेश थापाले जनकारी दिएका छन् । मृतक तिनै जनाको शव पोष्टमार्डमको लागि लहानस्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको थापाले जनाएको छ । st यता ठक्कर दिने ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको छ । चालक सिन्धुपाल्चोक बाराबिसे न पा ७ का ध्रुव देउजालाई ईलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा राखेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

शहीदका सपना अझै अधुर ...

रहमुल, लहान १६ माघ । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको माग गर्दै संघर्ष गरेका गंगालाल श्रेष ...

प्रेमीसँग मिलेर परिव ...

रहमुल, लहान १६ माघ । बाराको परवानीपुर गाउँपालिकामा भएको दोहोरो हत्याकाण्डमा मृतक परिवारकै बुहार ...

भगवानपुर गाउँपालिकाम ...

लहान माघ १६ । भगवानपुर गाउँपालिकाको सहयोगमा एकदिवसीय पशु स्वास्थ्य शिविर वडा नं. ५ स्थित कृषि तथा पश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१