ताजा समाचार

प्रसौनी बाराका घुमुवा पटेल र केवटको आतंक, माथिल्लो निकाय मौन

  • मंसिर २४, २०८०
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,बारा २४ मंसिर। यस अनलाईनले शुक्रवार “ईप्रका प्रसौनी बाराका घुमुवाहरु पटेल र केवटको असुली धन्दा तिब्र” शिर्षकको समाचार प्रकाशन गरेपछि आतिएर घुमुवा केवटले सञ्चारकर्मीलाई फोन गरी अपशब्द प्रयोग गरेका छन् ।

ईलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी सहायक हवलदारद्वय सोनालाल पटेल र भागरित महतो केवट घुमुवाको रुपमा खटी तस्करहरु सँग रकम असुली गर्दै गरेको समाचार प्रकाशमा आए पछि सहायक हवलदार पटेलले समाचार हटाई दिनु भन्दै आग्रह गरेका थिए भने अर्का हवलदार केवटले ९८०२०७४०३७ बाट फोन गरी बारा जिल्लाबाट केही नचलेको र पर्सा जिल्लाबाट अबैध कामहरु भईरहेकोले पर्सा जिल्लाको समाचार लेख्न उर्दी जारी गर्दै अपशब्द प्रयोग गरेको अडियो रेकर्ड यस अनर्लाइन सँग सुरक्षित रहेको छ । केवटले “त मेरो समाचार किन लेखिस ? तिमी आफ्नो जिल्ला, गाउँको समाचार लेख, पर्सा जिल्लाको भिस्वाबाट अबैध कारोबार हुने गरेको छ त्यहाँको समाचार लेख, मेरो घर पनि भिस्वा हो, मलाई राम्ररी थाहा छ” भन्दै अपशब्द प्रयोग गरी मोबाईल फोन काटिदिए ।

ईप्रका प्रसौनी मातहत पर्ने बलिरामपुर, छतवा र जोतपुर लगायतका नाकाहरुबाट अबैध कारोबार गर्ने तस्करहरु सँग मासिक रुपमा नाकामै पुगी रकम असुली गर्दै आतंक मच्चाएका घुमुवाहरु पटेल र केवटले दिन “दु गुना रात चौगुना” अबैध चोरी कार्यलाई प्रश्रय दिई रहदां माथिल्लो निकाय मौन रहेको पाईएको छ । केवट एक सहायक हवलदार भएर पर्सा प्रहरीलाई खुल्ला चुनौती दिदै पर्सामा तस्करी भईरहेकोले त्यहाँको समाचार लेख्न उर्दी जारी गर्दै आफु “एनिहाउ पैसा कमाउ” धन्दामा सक्रिय रहेका छन् ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही यस्ता भ्रष्ट घुमुवाहरु चोरी तस्करी कार्यलाई प्रश्रय दिन थाले पछि पुरै संगठन नै बदनाम हुन थालेको बताईन्छ । घुमुवाद्वय पटेल र केवटले ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहरालाई प्रभावमा पारी अबैध कार्यलाई बढावा दिदै सत्येन्द्र, सुरेन्द्र, जुमुदिन, शत्रुधन, अनिल, बलिराम, संजय, धुरुप, संतोष, बिजय, जुमराठी लगायतका व्यपारीहरुलाई पक्षपोषण गरिरहेको स्रोतको भनाई रहेको छ ।

सो नाका भएर रातिको समयमा भारतबाट लत्ताकपडा, हार्डवेयर, रजनीगन्धा, जुत्ता चप्पल, काजु, धान, प्रतिबन्धित औषधि लगायतका सामग्रीहरुको तस्करी कार्य निर्वाध रुपमा भईरहेको जो कोहीले पनि सजिलै हेर्न सक्ने स्थानियहरुको भनाई रहेको छ । ईप्रका प्रसौनी मातहतमा पर्ने छतवा चौकीको बिगत समयमा सहायक हवलदार पटेल घुमुवा बसिसकेकोले उनलाई सो क्षेत्रको तस्करी बारे राम्ररी जानकारी भएकोले बिगत करिब ९ महिना देखि घुमुवाको रुपमा परिचालित रहेको प्रहरी स्रोतको कथन रहेको छ । यस सन्दर्भमा मधेश प्रदेशका डिआईजी जनक भट्टराई सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा मोबाईल रिसिभ हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤