Siraha Times
ताजा समाचार

नवराजपुर गा.पा.ले आफ्ना नागरिकको लागीआँखा सम्बन्धि रोगको निशुल्क उपचार गराउदै

  • मंसिर २२, २०८०
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २२ मंसिर । सिरहाको नवराजपुर गाउँपालिकाले आफ्ना नागरिकको लागी आँखा सम्बन्धि निशुल्क उपचारका लागी आज सगरमाथा चौधरी आँखा अस्पताल लहान संग सम्झौता गरेको छ। गा.पा. अध्यक्ष शिवउदगार यादव आज टिम सहित अस्पताल पुगी अस्पताल प्रशासन संग आपसी समझदारीमा समझौता पत्रमा हस्ताक्षर गरेका हुन। बितेको वर्ष झै यस बर्ष पुन: पालिकाका सम्पूर्ण आमनागरिकहरुको स्वास्थ्यको ख्याल गर्दै शिवउदगार यादव नेतृत्वको स्थानीय सरकारले यो कदम उठाएका छन। आँखा अस्पताल लहानका पदाधिकारी बीच भएको सम्झौतामा आँखाका बिरामीहरुको निशुल्क उपचार तथा मोतीयाविन्द रोगीको शल्यक्रिया गर्ने भनिएको छ र यस बापत लाग्ने सम्पूर्ण खर्च स्थानीय सरकारले व्यहोर्ने सम्झौतामा लेखिएको छ।

सिरहा टाइम्स सम्बादाता संग छोटो कुराकानी गर्दै गा.पा. अध्यक्ष यादवले यस पालिकामा सबै जाती धर्ममा गरीबको संख्या धेरै छ। आँखा सबैको लागी महत्वपूर्ण छ र मेरो नेतृत्वको सरकारमा कुनै पनि नागरिक अर्थको अभावमा आँखाको रोगले ग्रसित नरहोस भनी उदेश्यले यो कदम बिगतका बर्ष देखि उठाएको बताएका छन। उहाँ अगाडी थप्दै जन्ताको मुख्य माग शिक्षा, स्वास्थ, खाद्यान्न र अवास हो। स्थानीय सरकार संचालनको यो दोस्रो कार्यकाल हो। पहिलो सरकार यदि यी सबै काम प्रति ध्यान दिएको भए मलाई काम गर्न सजिलो हुने थियो बताएका हुन।अझ थप्दै अध्यक्ष यादवले सबै कुरो सहि बाटोमा ल्याउन यो स्थानीय सरकारलाई अझ केहि दिन लाग्छ र त्यसका लागी पालिका बासी केहि दिन धैर्य धारण गर्न आग्रह गरेका छन भने बिरोध गर्नु आलोचना गर्नु लोकतन्त्रको साकारात्मक अभियास हो तर कसैको चरित्र हत्या गर्नु गलत हो समेत बताएका छन।

प्रतिक्रिया दिनुहोस

एक सातादेखि अस्पताल ...

लहान, ७ असोज । एक सातादेखि उपचार तथा स्वास्थ्य परीक्षणका लागि राउ स्मारक प्रादेशिक अस्पताल धाइरहेकी ...

रसुवा बाढीपीडितका ला ...

ओम प्रकाश यादव लहान, ७ असोज । प्राकृतिक विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सामाजिक तथा मानवीय ...

लागूऔषध सेवन गरी सवा ...

रहमुल, लहान, ७ असोज । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१