बाईक दुर्घटनामा एकजनाको मृत्यु

  • मंसिर ८, २०८०
  • १९९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, मंसिर ८ । सिरहाको भगवानपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बेलुका करिब ६ बजेको समयमा भएको दुर्घटनामा परी लहान नगरपालिका वडा १० का २९ वर्षीय दुर्गानन्द रामको घटनास्थलमै मृत्यु भएको हो । भगवानपुर गाउँपालिकाको वाडा नम्बर १ स्थित दुर्गा मन्दिर छेउको सडकमा भएको दुर्घटना स्थलमा तत्काल प्रहरी पुगी रामलाई लहान स्थित सप्तऋषि अस्पताल लगिएको थियो । बेलुका शुक्रबार करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ९ प ७०१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तिलाठी कोईलाडी गाउँप ...

रहमुल, लहान १७  पुस । बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ, सुरक्षित र अधिकारमैत्री ...

स्थानीय सरकार मौन, व ...

मुकेश यादव सिरहा पुष १६ । जनताको जीवन र जाडोको पीडासँग प्रत्यक्ष जोडिएको जिम्मेवारी बहन गर्नुपर्ने स ...

दलित बस्तीमा डोजर लग ...

सिराहा पुष १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा अवस्थित दलित बस्ती खाली गराउनका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१