ताजा समाचार

बाईक दुर्घटनामा एकजनाको मृत्यु

  • मंसिर ८, २०८०
  • २२२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स, मंसिर ८ । सिरहाको भगवानपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज बेलुका करिब ६ बजेको समयमा भएको दुर्घटनामा परी लहान नगरपालिका वडा १० का २९ वर्षीय दुर्गानन्द रामको घटनास्थलमै मृत्यु भएको हो । भगवानपुर गाउँपालिकाको वाडा नम्बर १ स्थित दुर्गा मन्दिर छेउको सडकमा भएको दुर्घटना स्थलमा तत्काल प्रहरी पुगी रामलाई लहान स्थित सप्तऋषि अस्पताल लगिएको थियो । बेलुका शुक्रबार करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ९ प ७०१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤