मल्हनियाँमा नृत्य तथा स्लो बाईक रेस प्रतियोगिता

  • मंसिर ४, २०८०
  • ७९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ०४ मंसिर । दिपावली तथा छ्ठको अवसरमा बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँ बरकी टोल स्थित रामजानकी मन्दिरको प्राङ्गणमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा करिना कुमारी चौधरी प्रथम, चन्दन कुमार राम द्वितीय र प्रदिप कुमार रामले तृतीय स्थान हासिल गरेका छन् ।

प्रथम बिजेतालाई राम नारायण यादव (अगिन्धर) ले ३५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको छ भने द्वितीय विजेतालाई निर्मल यादवले २५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको हो । त्यसैगरी तृतीय विजेतालाई सत्यनारायण यादवले २ हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका हुन्। कार्यक्रममा सान्त्वना पुरस्कार सिम्पल कुमारी पासवानले पाएको हो । पासवानलाई ललित पासवानले ५ सय नगद प्रदान गरेको हो ।

त्यसैगरी, क्लबले आयोजना गरेको स्लो बाईक रेस प्रतियोगिताको विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम हुने पंकज कुमार पासवानलाई ई. गजेन्द्र नारायण यादव (आनन्द) ले ३५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका हुन भने द्वितीय हुने मुकेश कुमार यादवलाई प्रहरी हबल्दार अन्बिर खड्काले २५ सय नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको हो । त्यसैगरी, तृतीय हुने दिनेश कुमार यादवलाई सत्यनारायण यादवले २ हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरेको छ ।

कार्यक्रम राम जानकी युवा क्लब मल्हनियाँको अध्यक्ष तोपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको व्यवस्थापक गजेन्द्र नारायण यादव (आनन्द) ले जानकारी दिए । राम जानकी युवा क्लब मल्हनियाँको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१