Siraha Times
ताजा समाचार

वाडा तथा पालिकास्तरीय कवडी खेल प्रतियोगिता २०८० भव्यताका साथ सम्पन्न

  • मंसिर ३, २०८०
  • १०९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, मंसिर ३ ।मधेश प्रदेशको सिरहा जिल्लाको भगवानपुरमा गत कात्तिक १२ गते सोमबारदेखि जारी कवडी खेल औपचारिक रूपमा सम्पन्न भएको छ । ३ स्टार युवा संघ नरहा ९ दक्षिणबारी टोलद्वारा विजयादशमी दीपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित " वाडा तथा पालिकास्तरीय कवडी खेल प्रतियोगिता २०८० " भव्यताका साथ सम्पन्न भएको छ । दक्षिणी मधेशका सिमासंग जोडिएका भगवानपुर गाउँपालिकामा खेलप्रति यहाँका युवा तथा राजनीतिकर्मीको चासो अलिक बढीनै रहेको छ थ्री स्टार युवा संघ नरहा ९ दक्षिणबारी टोलको आयोजनामा संचालित उक्त प्रतियोगितामा सखुवानन्कारकट्टी गाउँपालिकाको विशेष सहयोग रहेको थियो ।

खेलको अध्यक्षतामा धर्मी यादव रहेको थियो भने आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा( एकीकृत समाजवादी ) का स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश अध्यक्ष राम चन्द्र यादव , विशिष्ट अतिथि भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, सखुवानन्कारकट्टीका गाउँपालिका अध्यक्ष केदारनाथ यादव , अथितिहरु बेचन प्रसाद यादव लगायत स्थानिय नेता, समाजसेवी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानिय प्रशासन  लगायत पत्रकारहरुको उपस्थितिमा आज औपचारिक रूपमा कवडी खेल प्रतियोगिता सम्पन्न भएको हो ।उक्त खेलमा आठ टीम सहभागी रहेको र खेलमा घरेलु टिम नहराले जीत हासिल गरेको थियो ।

हिजो भएको फाइनल खेल प्रतियोगिता अन्तर्गत भगवानपुर गा. पा. -२ नहरा र लहान न. पा. २३ छरापट्टीका खेलाडीहरु बीच मैत्रीपूर्ण खेल भएको थियो । उल्लासमय बाताबरणमा भएको मैत्रीपूर्ण खेलमा विजेता भगवानपुर गा.पा. -२ र उप- विजेता लहान -२३ भएको हो । विजेता घरेलु टिमलाई नगद रु ११,१११ सहित सहभागी सबै खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रमूख अथितीको हातबाट टिका लगाएर प्रदान गरिएको थियो । त्यसतै उपबिजेता लाहान २३ लाई रु ७,१११ नगद सहित मेडल र प्रमाणपत्र विशिष्ट अतिथि केदार नाथ यादवले प्रादन गर्नु भएको थियो । अत्यन्त सुन्दर र मनोरम वातावरणमा भएको खेलको लागि व्यवस्थापकीय पक्षमा व्यापक ध्यान केन्द्रित गरिएको थियो । करिब ५०० दर्शकको सहभागितामा भएको कार्यक्रममा अथितीगणले छठको शुभकामना आदानप्रदान गर्दै खेलाडीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

मोटरसाइकल चालकलाई ट् ...

ओम प्रकाश यादव लहान, साउन ९ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका सम्पूर्ण प्रहरी युनिटहरूमा मोटरसाइक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१