ताजा समाचार

मधेशमा छठका व्रतालुले आज ‘खरना’ विधि गर्दै

  • मंसिर २, २०८०
  • १२०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २ मंगसिर । मधेशप्रदेशका सिरहा जिल्ला सहित तराईका प्रत्येक जिल्लामा यतिखेर छठपर्वका रौनक छाएको छ कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेर आज खरना गर्दै गरेका श्रद्धालुहरु व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन् । कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन् । छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन अथवा साँझको अर्घ चन्द्रमालाई दिने  विधि छ । भने दोस्रो दिन बिहान सुर्य देउताको अर्घ दिने परम्परा रहेको छ ।

छठको रौनकले बजारमा किनमेलको लागि माटोको भाँडा वर्तन पनि उत्तिकै महँगो थियो र विधिको अनुसार माटाकै नयाँ चुल्होमा बिना दुधको सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ। व्रतको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर अपराह्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यसलाई ‘भोरका अरख’ भनिन्छ। यससँगै व्रत समाप्त हुन्छ। छठमा श्रद्धा र निष्ठालाई महत्त्व दिइन्छ। अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्यदिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि महत्त्व दिइन्छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤