ताजा समाचार

गोवर्धन पूजा आस्थाका साथ मनाईदै

  • कार्तिक २७, २०८०
  • १२९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, कार्तिक २७ । तिहारको अवसरमा गोवर्धन पूजा मनाईदै छ । स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आईपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन भगवान श्री कृष्णले आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासी र गाई गोरुलाई ओत लागाएर बचाएको किम्बदन्ती अनुसार गोवर्धन पूजा मनाईदै आएको छ ।

जनविश्वास अनुसार गोवर्धन पर्वत गोकुल नजीकै रहेको छ । गोकुल बासीहरुले भगवान ईन्द्रको पूजा गर्दै आएको अवस्थामा इन्द्रले गोकुल बासीलाई केही नदिएपछि भगवान श्री कृष्णको भनाई अनुसार गोकुलबासीहरुले गोवर्धन पर्वतलाई पूजा गर्न थालेपछि क्रोधित ईन्द्रले बेस्मारी असिना र पानीको वृष्ठी गराएपछि भगवान श्री कृष्णले गोवर्धन पर्वतलाई कान्छी औलाले उचालेर सबै गोकुलवासीहरूलाई बचाउन सफल भएपछि अन्त्यमा भगवान इन्द्रले आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा मागेको र त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको विश्वास गरिन्छ ।

तिहार अन्तर्गत यमपञ्चकको चौथो दिनमा पर्ने गोवर्धन पूजाको दिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । साथै त्यसैदिन गोरूहरुलाई रंगाएर फूल माला, गोरुको घाँटीमा माला,घण्टी र सिङमा तेल लगाएतका सामग्री लगाएर पूजा गरिन्छ । यस दिनलाई गोरु तिहार, हल तिहार र गोवर्धन पूजा पनि भन्ने चलन छ । यस दिन गाईको गोठमा गोबरले विभिन्न प्रतिमाहरु बनाई गोवर्धन पूजा मनाउने चलन रहेको पाईन्छ ।

 

प्रतिक्रिया दिनुहोस

रासायनिक विषादीको अव ...

रहमुल, लहान, १६ असोज । सिरहाको कृषि क्षेत्र उत्पादनका हिसाबले सम्भावनायुक्त भए पनि रासायनिक विषादी त ...

नरहामा निःशुल्क आँखा ...

रहमुल, लहान, १६ असोज । सिरहाको नरहा गाउँपालिका–३ मा समाजसेवी रामउदगार यादवको निवासमा सञ्चालन ग ...

सिरहामा बढ्दो लागूऔष ...

रहमुल, लहान, १६ असोज । सिरहामा पछिल्लो समय ठूलो परिमाणमा लागूऔषध बरामद हुने घटना बढ्दै गएपछि यसको का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤