मधेशमा चौरचन मनाईदै

  • असोज १, २०८०
  • ६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १ । मधेश प्रदेश लगाएत देशका विभिन्न भागहरूमा यतिबेला चौठी चाँद अर्थात् चौर्चन मनाईदै छ । खासगरी तराई मधेशका क्षेत्रमा आज चौठी चाँद अर्थात् चौरचन पर्व मनाइँदै छ । यस पर्वलाई छठअघिको ठूलो पर्वको रूपमा मनाइने गरिन्छ । यस पर्वमा व्रतालु दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको पाईन्छ । यस पर्वमा व्रतालुले साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्घ दिने चलन रहेको पाईन्छ ।

यस पर्वमा बजारबाट किनेर ल्याएको माटोको नयाँ भाँडोमा दही जमाएर निष्ठापूर्वक पूजा स्थलमा फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई अर्घ दिने गरिन्छ । यस दिन गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन् । पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने समेत परम्परा रहेको पाइन्छ ।

यस पर्वमा झपक्क साँझपख आँगनमा लिपेर दिनभरि पकाएको पकवानहरु राखेर उदाउँदो चन्द्रलाई अर्घ दिने परप्परा रहेको छ । अत्यन्त निष्ठापूर्वक गरिने यस पूजामा खासगरी गणेशको पूजा गरिन्छ । आँगनमा तयार पारेको पूजा विधिपूर्वक सम्पन्न गरी आँगनमा प्रसाद खाने गरिन्छ । प्राय सबै घरमा गरिने पूजाको यस दिनमा रातमा चौठी हान्दा पाप नलाग्ने जन विश्वासका कारण सामान्य रूपमा चौथी खेल्ने परम्परा अनुसार रातभरि रमाइलो गरेर जाग्राम बस्ने चलन रहेको पाईन्छ । आजको रात अन्धेरी रातको रूपमा परिचित भएकोले मानिसहरू जाग्राम बसी समुहमा रमाइलो गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१