Siraha Times
ताजा समाचार

मधेशमा चौरचन मनाईदै

  • असोज १, २०८०
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १ । मधेश प्रदेश लगाएत देशका विभिन्न भागहरूमा यतिबेला चौठी चाँद अर्थात् चौर्चन मनाईदै छ । खासगरी तराई मधेशका क्षेत्रमा आज चौठी चाँद अर्थात् चौरचन पर्व मनाइँदै छ । यस पर्वलाई छठअघिको ठूलो पर्वको रूपमा मनाइने गरिन्छ । यस पर्वमा व्रतालु दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको पाईन्छ । यस पर्वमा व्रतालुले साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्घ दिने चलन रहेको पाईन्छ ।

यस पर्वमा बजारबाट किनेर ल्याएको माटोको नयाँ भाँडोमा दही जमाएर निष्ठापूर्वक पूजा स्थलमा फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई अर्घ दिने गरिन्छ । यस दिन गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रही आएको छ । हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गर्दछन् । पर्व समापनपछि चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने समेत परम्परा रहेको पाइन्छ ।

यस पर्वमा झपक्क साँझपख आँगनमा लिपेर दिनभरि पकाएको पकवानहरु राखेर उदाउँदो चन्द्रलाई अर्घ दिने परप्परा रहेको छ । अत्यन्त निष्ठापूर्वक गरिने यस पूजामा खासगरी गणेशको पूजा गरिन्छ । आँगनमा तयार पारेको पूजा विधिपूर्वक सम्पन्न गरी आँगनमा प्रसाद खाने गरिन्छ । प्राय सबै घरमा गरिने पूजाको यस दिनमा रातमा चौठी हान्दा पाप नलाग्ने जन विश्वासका कारण सामान्य रूपमा चौथी खेल्ने परम्परा अनुसार रातभरि रमाइलो गरेर जाग्राम बस्ने चलन रहेको पाईन्छ । आजको रात अन्धेरी रातको रूपमा परिचित भएकोले मानिसहरू जाग्राम बसी समुहमा रमाइलो गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस

असार मसान्तमा हतारिए ...

रहमुल, सिरहा, २० असार आर्थिक वर्ष २०८२/८३ को अन्त्य नजिकिँदै गर्दा सिरहाको भगवानपुर गाउँपालिकामा विक ...

ई-रिक्सामार्फत सरसफा ...

ओम प्रकाश यादव लहान असार २०। लहान नगरपालिकाले पूर्ण खुला दिशामुक्त (ओडीएफ) क्षेत्र घोषणा गर्ने लक्ष् ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार २०। सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१