युवासँग अमित ठकुरी

  • असार ५, २०८०
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल आषाढ ५ । सिरहाको धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यू युवाहरुको सक्रियतामा अघि बढिरहेका छन । स्थानीय युवाहरुको भावनाको ख्याल गर्दै आफ्ना वडामा ल्याएको खेलकुद अभियान यतिबेला चर्चाका बिषय बनेका छन । भौगोलिक रूपमा विकट मानिएको सिराहा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित धनगढीमाई १४ का मुख्य बस्तीहरू मड्यान, खुट्टी, सरे लगायतका बस्तीहरूमा रहेको विद्यालयहरूमा खेलकुदका सामग्री वितरण सहित हस्तान्तरण गर्नुभएको छ । वाडा कार्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वडाका सबै बिद्यालयहरु लाई खेलकुद सामग्री अन्तर्गत फुटबल ,भलिबल , क्याराम बोर्ड,ब्याडमिन्टन लगाएत खेलकुदका अन्य सामग्री समेत बितरण गर्नु भएको हो ।

कार्यक्रममा वडाका पूर्वी भेक अर्थात् मड्यान खोलाका खेलाडीहरुलाई पहेंलो ड्रेस सहित फुटबल, खुट्टी खोलाका खेलाडी टीमलाई हरियो ड्रेस र फुटबल त्यसै गरी सरे टीमलाई रातो ड्रेस लगायतका सामग्री वितरण गर्नु भएको हो । वाडा भित्र रहेका विभिन्न कल्बका खेलाडीहरूको उच्च मूल्याङ्कन गर्दै खेलाडीहरूको मनोबल बढाउनका लागि सामग्री वितरण गरिएको वुझिएको छ । स्थानीय स्तरमा रहेको प्रतिभाहरुलाई प्रस्फुटनका लागि र राष्ट्रिय स्तरमा यहाँको पहिचान कायम गर्नका लागि आफूले सामग्री वितरण कार्यक्रम अन्तर्गत सामग्री वितरण गरेकाे संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष अमित ठकुरी ज्यूले वताउनु भएको छ । औपचारिक कार्यक्रम स्थलमा खेलाडीहरुले सामग्री बुझ्दै आफूहरुको भावना मुताबिक वाडा अध्यक्ष अमित ठकुरी ज्यूले गरेको कार्यप्रति आफुहरु खुसी भएको सहभागी सबैले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

जितिया पर्वमा आधारित ...

बिरेन्द्र प्रसाद नेपाल सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चल ...

नवराजपुर-१ श्री अवधि ...

ओम प्रकाश यादव लहान, १ असोज । सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित श्री अवधि फेकनी आधारभूत विद् ...

शिक्षा नै प्रगतिको आ ...

लहान / भदौ ३१ । स्वतन्त्र नाई संघ (एस.एन.एस) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१