Siraha Times
ताजा समाचार

सरल नेताको रूपमा राजनीतिज्ञ व्यक्तित्व यादव

  • जेठ २५, २०८०
  • १११४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल जेठ २५ । सिरहामा आम जनताको भावना अनुसार नेतृत्व गर्दै आएका नेता हुन रामचन्द्र यादव । बालबालिका , वृद्ध र युवाको चाहना र भावना बुझ्ने नेताको रूपमा परिचित यादव नेपाली कांग्रेस जिल्ला सभापति समेत हुनुहुन्छ । आफ्ना राजनीतिक यात्राको क्रममा दुईपटक नेपाली कांग्रेस पार्टीका तर्फबाट सभापतिको जिम्मेबारी सम्हाल्दै आउनु भएको हाे । समाजका बेथितिको विरुद्धमा बाल्यकालदेखि आवाज उठाउदै आउनु भएका र सामान्य परिवारमा जन्मिनु भएका यादव विक्रम सम्वत २०४९ सालमा राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

सिरहाको साबिक गा.वि.स. फुलकाहाकट्टीमा समान्य परिवारमा जन्मिनु भएका यादव मधेसकाे तत्कालिन कुस्ती खेलाडी समेत हुन । बाल्य कालदेखि राजनीति र कुस्तिमा रुचि राख्ने यादबलाई बाल्यकालमा बिद्यार्थी पहलवानको नामले समेत चिनिने गरिन्थ्यो । यादव नेसनल कुस्ती खेलाडी पनि हुनुहुन्थ्यो । २०४९ सालमा राजनीतिक यात्रामा प्रवेस गर्दै गर्दा लागातार २ पटक साबिक गाबिस फुलकाहाकट्टीको गाविस अध्यक्ष पदमा भारी मतका साथ आम जनताले निर्वाचित गराएका थिए । राजनितिका चतुर यादव २०७० को संविधानसभा सदस्यमा समेत निर्बाचित हुनुभएको थियो ।

सिरहा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाएका नेता यादव कसैको दवाव र प्रभावमा नपरी हरेक जन्ताको समस्या सुन्ने र सामाधानको लागि २४ सै घण्टा तत्पर रहनु हुन्छ । आम जनताको भावना बुझेर प्रस्तुत हुने नेताको रूपमा परिचित यादवको दिनचर्या बिहान सुतेर उठेदेखि दिनभरी जनताको गुनासो सुनेर समाधानको उपाय खोज्नु हो । हरेक ब्यक्तीको फोन सजिलै उठाएर समस्या र गुनासो सुन्दै आएका यादवको घरमा आम जनताको घुइँचो नियमित बढिरहेको छ । सिरहामा जनताको सेवामा अहोरात्र खटिदै आउनु भएको व्यक्ति हुनुहुन्छ सभापति यादब ।

आम जनताको भावना बुझेका नेता यादवलाई जुनसुकै व्यक्तिले समस्या परेको बेलामा फाेन गर्दा सहजै उठाएर समाधानको तत्काल उपाय खोज्नु हुन्छ । आम युवाको आकर्षक नेतृत्वको भूमिकामा रहनु भएका सभापति यादबलाई अहिले भ्याई नभ्याई रहेको देखिन्छ । उहाँ उद्धघाटन देखि जनताको हरेक समस्या समाधानका लागि यतिबेला खटिरहनु भएको छ ।

जनताको विकास निर्माणको काममा जिल्ला , प्रदेश र केन्द्रसम्म पुगेर ठाउँ ठाउँमा विकासका योजनाहरू ल्याउनका निम्ति व्यस्त देखिएका यादवले आम जनताको घर दैलोमा पुगेर प्रचण्ड गर्मीकाे समयमा खानेपानी लगायतका दैनिकीय समस्याका बारेमा नियाल्दै समाधानका उपायहरु अपनाउन लागी जनताका साथमा अहोरात्र खटिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

साझेदारी वन संरक्षणम ...

वीरगंज २४ साउन। सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१