ताजा समाचार

संयुक्त पालिका प्रमुख द्वारा बिहुल पुलको शिलान्यास सम्पन्न

  • जेठ १२, २०८०
  • ७४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह सप्तरी १२ । सप्तरीको बोदे बर्साईन नगरपालिका र बलानबिहुल गाउँपालिका जोड्ने बलान पुलको एक कार्यक्रमको बीच शिलान्यास भएको छ। बोदे बर्साईन र बलान बिहुल जोड्ने पक्किपुलको शुक्रबार बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादव र बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको संयुक्त उपस्थितमा शिलान्यास गरेका छन् । बलान नदिमा राम्रो पुल नहुँदा उक्त क्षेत्रका नागरिकहरुले वर्षौंदेखि कष्टकर जीवन यापन गर्दै आएका छन् । मधेस प्रदेशकै सबै भन्दा धेरै लागतमा ५१.९८५ मिटर लम्बाई भएको पुलको निर्माण सुरु गरिएको हो ।

पुर्वाधार बिकास कार्यालय , सिरहाको कुल ११ करोड १९ लाख ४१ हजार ८ सय १७ रूपैयाँ लागतमा उक्त पुल निर्माण हुन लागेको हो । शाह निर्माण सेवाले २०८२ बैशाख २१ गते भित्र सम्पन्न गर्ने गरि निर्माण कार्यको जिम्मा पाएको बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवले बताए । पुल निर्माणपछि बोदे बर्साईन , बलान बिहुल र छिमेकी भारत बिहारका नागरिक लाभान्वित हुनेछन् । यसअघि राम्रो पुल नहुँदा बलान नदिले बगाउँदा यस क्षेत्रका दर्जानौं स्थानीय नागरिकले दुख आएका थिए । हाम्रो हिन्दु धर्मको विधिबाट भूमि पूजा गर्दै पुलको सिलन्यास गरेका गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पुलको निर्माणपछि यस क्षेत्रको विकासले कायापलट ल्याउने विश्वास व्यक्त गरे ।१२

प्रतिक्रिया दिनुहोस

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤