बिनोद मण्डल जेठ १२। लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम सरावल र पाल्हीनन्दनमा लघुवित्तिय संस्थाबाट पिडित महिलाहरुले भुजहवा देखि महेशपुर सम्म लघुवित्तिय संस्थाहरुलाई प्रवेस नदिने गरी प्रवेश निषेधित क्षेत्र घोषणा गर्दै बिरोध रयाली निकालेका छन । लघुवित्तिय संस्थाहरुले स्थानीय महिलाहरुलाई अनेकन प्रलोभन देखाई चर्को किस्ता उठाउन थालेपछि महिलाहरू सक्रिय भई लघुवित्तय सस्था विरुद्धमा उत्रिएका हुन् । २० ७८ माघ १ गतेदेखि सुरु गरी करीब १६ महिना देखी जारी आन्दोलनले यतिबेला देशका विभिन्न जिल्लाहरूमा रहेको लघुवित्तय संस्थाहरूमा विभिन्न किसिमका विरोधका कार्यक्रमहरु गर्दै आएका छन ।
लघुवित्तय संस्थाहरुले स्थानीय जनताहरूलाई अनेकन दुःख कष्ठ दिदैं आएको अवस्थामा केयौ महिला दिदि बहिनीहरुलाई अनेकन प्रलोभन देखाई चर्को ब्याज लिँदै तनावको सिर्जना गराउन थालेपछि अकालमा कतिपयले ज्यान गुमाउन परेको अवस्था रहेको कारण देशभरी यसका विरुद्ध आन्दोलन चर्किएको हो । नवलपरासीका विभिन्न ठाउँहरूमा लघुवित्तले अनावस्यक तनाव सिर्जना गर्न थालेपछि जिल्लाको उक्त ठाउँहरूमा लघुवित्तय संस्थाहरुलाई प्रवेशमा रोक लगाउने गरी आन्दोलन थालिएको बुझिएको छ । थालिएको आन्दोलनमा बाक्लो सहभागिता देखिएको थियो । चर्का नारासहित सुरु गरिएको प्रदर्शनले यतिबेला लघुवित्तय विरुद्धको आन्दोलन जरुरी रहेकाे सहभागीहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved