सुनवल साेमनाथ खाेलाकाे बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

  • जेठ १२, २०८०
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ जेठ १२ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ पुर्व पश्चिम राजमार्ग स्थित साेमनाथ निर्माणाधीन अवस्थामा रहेकाे साेमनाथ खाेलाकाे पुल नजिककाे डाईभर्सन आज दिउँसाे बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएकाे छ । आज विहान ११ बजेकाे समयमा परेको अविरल वर्षाको कारणले खोलामा दिउँसो २ बजेतिर पानीको बहाव बढी डाईभर्सन बगाई बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे । उक्त स्थानमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरिक्षक बलबहादुर घर्ति मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी,भुमहीबाट ५ जनाको टोली खटि गै सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाईएकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो ।

बाटो मर्मतकाे लागी प्रयास भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवलचोक - परासी - भुमहीचोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको साथै पानी बहाव कम नभए सम्म राजमार्ग सञ्चालनमा आउन नसक्ने उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

कतारले १३ जना नेपाली ...

रामएकवाल राम दोहा । कतार सरकारले १३ जना नेपालीहरुलाई आममाफी दिएको छ।कतार सरकारले आफनो राष्ट्रिय ...

जन्मदिनको अवसरमा सार ...

ओम प्रकाश यादव लहान, पुष १६ । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै प्रदिप गुप्ता प्यानलबाट स ...

तिलाठी कोईलाडी गाउँप ...

रहमुल, लहान १७  पुस । बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ, सुरक्षित र अधिकारमैत्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१