Siraha Times
ताजा समाचार

सुनवल साेमनाथ खाेलाकाे बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

  • जेठ १२, २०८०
  • ८६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ जेठ १२ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं १ पुर्व पश्चिम राजमार्ग स्थित साेमनाथ निर्माणाधीन अवस्थामा रहेकाे साेमनाथ खाेलाकाे पुल नजिककाे डाईभर्सन आज दिउँसाे बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएकाे छ । आज विहान ११ बजेकाे समयमा परेको अविरल वर्षाको कारणले खोलामा दिउँसो २ बजेतिर पानीको बहाव बढी डाईभर्सन बगाई बाटो पुर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे । उक्त स्थानमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरिक्षक बलबहादुर घर्ति मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी,भुमहीबाट ५ जनाको टोली खटि गै सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाईएकाे सुचना अधिकारी पाण्डेले बताउनुभयो ।

बाटो मर्मतकाे लागी प्रयास भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवलचोक - परासी - भुमहीचोक हुदै आवत जावतको ब्यवस्था मिलाईएको साथै पानी बहाव कम नभए सम्म राजमार्ग सञ्चालनमा आउन नसक्ने उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१