Siraha Times
ताजा समाचार

लहान २ मा बिकास बाधक बन्दै,सत्यनारायण महतो स्थानीय को आरोप

  • जेठ १०, २०८०
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १० बैशाख - लहान नगरपालिका वडा नम्बर २ मा बिगत १ महिना अगाडि देखि निर्माण हुन लागेको नालामा निर्माणमा स्थानीय सत्यनारायण महतोले रोक लगाएका छन। सडक सुधार भगवानपुरको योजनामा रोक लगाएरका छन।

नगरपालिकाले करिब ७० लाखको आर्थिक लागतमा निर्माण गर्न लागेका नाला स्थानीय सत्यनारायण महतोले लगायतका परिवाजनले निर्माण हुँदै आउँदा नाला तोडफोड गरेका छन्। स्थानीय राम औतार महतोका अनुसार गाउँमा सबै जना नाला निर्माणको लागी पहल गरि रहेका छन।करिब १ महिना अगाडि लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार उनलेे सिलान्यास गरेका थिए।उपभोक्ता समितिका अध्यक्ष शिव नारायण महतोको अध्यक्षता काम सुरु भएको हो। सडक सुधार योजनाको निर्माण कार्य जग्गा बिवादका कारण रोकिएका छन्।

स्थानीय सत्यनारायण महतोले आफ्नो घर शौचालयको हाउद भतकिन्छ भनेर बिवाद गर्दै आएका छन्।उनले जोड जबर्जस्ती गर्दै निर्माण हुँदै गरेको नाला भकाईयो र निर्माणमा संचालन रहेको मिकचरमा समेत तोडफोड गरी मिकचरमा समस्या देखिएका छन्। नगरपालिका बाट घर हटाउन सूचना टास गरे पनि सत्यनारायण महतो र राम नारायण महतोले जोर जबर्जस्ती गरी नाला भत्काएका छन्। नगरपालिकाले जारी गरेको समय अबधि सके पनि उनले हटाउन नमानेको स्थानीय राम ध्यान महतोले बताए। उनले नगरपालिकाको सुचनालाई बेवास्ता गर्दै घर नहटाउनले दाउमा लागेका छन् । यता काम छिटै सकाउनु पर्ने हतार भएका छन्। योजनाको सझौता मिति अन्तिम चरण रहेका छन्। उपभोक्ता समितिका अनुसार समयमा काम सम्पन्न भएन भने बजेट फिरीज भए जाने डर रहेका छन्।स्थानीयका अनुसार नाला भत्ताका ब्यक्तीलाई जरिवाना सहित क्षतिपूर्तिका माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

गृह मन्त्रालय र डिआई ...

रंजित चौरसिया,वीरगंज १८ असार । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय छपकै ...

शिक्षामा लगानी, उज्ज ...

रहमुल, लहान, १८असार । सिरहाको लहान नगरपालिका–२३ ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरे ...

खडक नगरपालिका पूर्ण ...

ओम प्रकाश यादव लहान, असार १८ । सप्तरी जिल्लाको खडक नगरपालिकाले आर्थिक वर्ष २०८३ मा पूर्ण खोप सुनिश्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१