Siraha Times
ताजा समाचार

प्रथम रामग्राम सांस्कृतिक मेला २०८० जेठ ९ गतेबाट सुरु

  • जेठ ६, २०८०
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/जेठ ०६ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला २०८० यहि जेठ ९ गते देखि २० गतेसम्म सुरु हुने भएकाे छ । रामग्राम नगरपमलिका वडा नं २ वडा अध्यक्ष निरज राैनियारकाे अध्यक्षतामा शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे छ ।

रामग्राम नगरपालिका वडा नं २ काे आयाेजना तथा जय माता दी एम्युजमेन्ट एवम् ईभेन्ट म्यानेजमेन्ट प्रा. लि बुटवलकाे व्यवस्थापन र रामग्राम नगरपालिकाकाे संरक्षकमा परासीकाे हाटबजार मैदानमा मेलाकाे आयाेजना गरिएको वडा नं २ का वडा अध्यक्ष राैनियारले जानकारी दिनुभयाे । मेलामा छिमेकी मुलुक भारतबाट भाेजपुरी चर्चित गायक तथा कलाकारहरु र नेपालका चर्चित गायक तथा कलाकारहरुकाे बेजोड प्रस्तुति रहने साथै स्थानीय कलाकार लगायत हरेक दिन दंगल कुस्ती,डान्स आइडल,बाल उध्धान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक स्टलहरु समेत राखिने पत्रकार सम्मेलन मार्फत मेला व्यवस्थापक राजविर जयसवालले जानकारी दिनुभयाे । मेलामा हरेक समुदायको धर्म ,संस्कृति,भेष भुषा जगेर्ना गर्ने उद्देश्यका साथ मेलाका आयाेजना गरिएको आयाेजकले जनाएको छ । मेलामा आउने सर्वसाधारणका लागि रु ७०/- , विधार्थीका लागि रु ५०/- र जेष्ठ नागरिक,अपांग तथा ५ वर्ष मुनिका बालबालिकाकाे नि:शुल्क टिकटकाे व्यवस्था रहेकाे रामग्राम - ४ का वडा अध्यक्ष मदन यादवले बताउनुभयो ।

पत्रकार सम्मेलनमा रामग्राम वडा नं ४ का वडा अध्यक्ष मदन यादव,वडा नं ६ विद्यया सागर त्रिपाठी,वडा नं ११ बा वडम अध्यक्ष धनिराम यादव र वडा नं १४ का वडा अध्यक्ष ओमप्रकाश यादव लगायतले बाेल्नुभएकाे थियाे भने कार्यक्रम संचालन पत्रकार माेहन पाैडेलले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

असारे बजेट खर्चको अन ...

रहमुल लहान, १९ असार। आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा स्थानीय तहहरूमा विकास निर्माणका काम, भुक्ता ...

बरैनिया बीओपीका प्रम ...

रंजित चौरसिया,वीरगंज १९ असार । सशस्त्र प्रहरी बल बीओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्त ...

सडक निर्माणमा लापरवा ...

रहमुल, लहान, १९ असार । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका–६ अन्तर्गत सितापुरदेखि नरगी हुँदै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१