ताजा समाचार

बोदेबर्साईन नगरपालिकाका प्रशासकीय अधिकृत घनश्याम यादव फयुजुल खर्चदेखि आर्थिक अनियमिततामा लिप्त

  • वैशाख ३१, २०८०
  • ७८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ३१ वैशाख । सिराहा तथा सप्तरीको स्थानीयतहहरुमा केही दिनदेखि कर्मचारी तथा जनप्रतिनिधिहरुमा आफुँखुशी सरकारी रकम दुरुपयोग गर्ने तथा फयुजुल खर्च गर्ने प्रवृत्ति बढेको छ । सिरहाको १७ वटा स्थानीयतहहरु मध्ये लहान नगरपालिका , धनगडीमाई नगरपालिका , सिरहा नगरपालिका , औरही गाउँपालिका, विष्णुपुर गाउँपालिका , कर्जन्हा नगरपालिका , कल्याणपुर नगरपालिका , बरियारपट्टी गाउँपालिका , सुखिपुर नगरपालिका सखुवान्नकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका लगायतका पालिकाहरुका कर्मचारीको पर्दाफास हुनुपर्ने आवश्यक छ । र, यतिबेला आर्थिक अनियमितता तथा भ्रष्टाचारको फाईल खोल्नु पर्ने अवस्था छ। यता, राज्य पक्षले सुदखोर, कमिसनखोर र भ्रष्टाचारी कर्मचारी जोकोहीलाई असुलउपर गरि उमरकैद सजाय हुनुपर्ने समाजमा दैनिकरुपमा आवाज उठिरहेको छ ।

यो सँगै सप्तरीको बोदेबर्साइन नगरपालिकाले मोटो कमिसन आउने सामग्री खरिद प्रकरणमा ध्यान केन्द्रित गरेको छ । बोदेबर्साइन नगरपालिकामा झन्डै ८४ लाखको फर्निचर खरिद गरेर दुई महिनादेखि अलपत्र राखिएको छ । जनताको गाउँ(गाउँमा विकास निर्माणको काम गर्नुपर्नेमा अहिले कार्यालय आकर्षक बनाउने नाममा कमिसन हत्याउन लाखौंको फर्निचर सामग्री खरिद गरिएको अवस्था छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले आवश्यक भएकैले फर्निचर खरिद गरिएको दाबी गर्छन् । कोठामा सेटिङ गर्न बाँकी रहेको उनको भनाइ छ । उनले भने, ‘टेन्डर गरेका थियौँ । यो फर्निचर खरिद भएको छ । यसलाई तलको कोठामा सेटिङ गर्न बाँकी छ ।’ सोझै कमिसन आउने काममा अगाडि रहेका यी पालिकामा जनतालाई सेवा दिन कार्यालय समयमा न त जनप्रतिनिधि बस्छन् न त कर्मचारी नै । जसले गर्दा सेवाग्राहीको दुईरचार दिनमै हुने कामका लागि पनि महिनौंसम्म कुर्नुपर्ने बाध्यता भएको गुनासो सर्वासाधरणले गरेका छन् ।

जनताको पैसाले विकास गर्नुको सट्टा कर्मचारी तथा जनप्रतिनिधिहरु मौजमस्तीमा दिनभर लिप्त देखिन्छन्। बोदेबर्साइन नगरपालिकामा यतिबेला लाखौंको फर्निचर सामग्री किनेर कार्यालय भित्र र बाहिर यत्रतत्र राखिएको छ। बेदेबर्साइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव कामभन्दा कुरा गर्ने , कुरा काट्ने प्रवृत्तिको हदै पार गरिएको देखिन्छ । अधिकृत घनश्याम यादव बिना , कमिसन कुनै पनि फाइल अघि नबढाउने गरेको कतिपय स्थानीयहरुको जनगुनासो रहेको छ ।

स्थानीय खुशीलाल साफी नगरपालिका कार्यालयबाट आफ्नो काम नभएपछि खिन्न अवस्थामा भेटिए । उनले भने, ‘जमिनको विषयमा निवेदन दिएको छु । अर्को महिना चिठ्ठी दिन्छु भनेका छन् । दलितलाई केही गर्दैनन्, सबै आफ्नै स्वार्थमा लागेका छन् ।’ नगरपालिकाका वडा सदस्य सुरेन्द्रप्रसाद यादव नगरप्रमुखले प्रतिनिधि राखेर बाहिर जानु पर्ने बताउँछन् । उनले भने, ‘प्रतिनिधि राखेर जानु पर्थ्यो । अब के भएर राखिएन । सायद अनुगमनतिर जानु भएको होला फर्किएर चाँडै आउँछन् फजुल खर्चमा पल्केका सप्तरीको बोदे बर्साइन नगरपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को उल्लघंन गर्दै मर्मत खर्च भुक्तानीमा अभिलेखसमेत तयार नगरी २९ लाख बढी खर्च गरेको छ । भने, दोहोरो भुक्तानीसमेत गरेको महालेखाले जनाएको छ ।

यस्तै १० लाखको सफ्टबेयर खरिदमा समेत आर्थिक अनियमितता गरेको छ । भ्रमण खर्चमा पनि अनियमितता गरिएको पाइएको छ । बोदेबर्साइन नगरपालिकाको कुल बेरुजु रकम १८ करोड रुपैयाँ नाघ्छ । मुलुकमा आर्थिक संकट बढिरहेका बेला स्थानीय सरकारबाट भइरहेको फजुल र अनियमित खर्च रोक्नेतर्फ ध्यान दिनु जरुरी छ । यता, स्थानीय सेवाग्राहीहरुका अनुसार बोदेबर्साइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवलाई ९८०१५३९९९४ मा सम्पर्क गर्दा प्राःय कार्यालय आउदैन , आएको दिन अफिसभित्र भित्रै हुदाँहुदै पनि बाहिर रहेको बाहानाबाजी गर्ने गरेको जनगुनासो छ ।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤