Siraha Times
ताजा समाचार

दाेश्राे श्राेता मिलन तथा शुभकामना कार्यक्रम सम्पन्न

  • वैशाख ६, २०८०
  • ९२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/बैशाख ०६ ।पश्चिम नवलपरासीको सुस्ता २ सतपति स्थित कुवारवर्ति मन्दिर परिसरमा नयाँ वर्ष २०८० काे शुभ अवसरमा दाेश्राे श्राेता मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । सामुदायिक रेडियाे परासी ९०.२ मेगाहर्ज तथा रेडियाे दाउन्ने १०३.४ मेगाहर्जकाे आयाेजनामा भएकाे कार्यक्रममा रेडियाे परासीका कार्यक्रम संचालक सुरेश यादवकाे अध्यक्षता एवम् राष्ट्रिय दैनिक तथा रेडियाे परासीका पुर्व सहकर्मी उमेश बि.क काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी बि.कले यस्तो कार्यक्रमकाे आयाेजनाले विगतकाे समयमा नभएका साथै अहिले आयाेजना गरिएकाे यस्ताे कार्यक्रमले श्राेता र रेडियाेका कार्यक्रम संचालक बिचकाे सम्बन्धलाई थप मजबुत बनाउन सहयाेग पुग्ने बताउनु भयाे । साथै सामाजिक सञ्जाल तथा अन्लाईनका माध्यमले रेडियाे सुन्ने श्राेताहरु झन बढेकाे उहाँले दावी समेत गर्नुभयाे ।

श्राेता मिलन कार्यक्रममा श्राेताहरुकाे तर्फबाट नेपाल हिन्द रेडियाे श्राेता संघ पर्सा जिल्ला बिरगंजका वरिष्ठ उपाध्यक्ष याेगेन्द्र चाैधरी,सदस्य बिनाेद पंजियार,नवलपरासीका निल कुमार थारु,गुंजेश्वरी मुखिया,सिता चाैधरी लगायत नवलपरासी,रुपन्देही,बारा,पर्सा का जिल्लाहरुबाट करिव ७० जनाकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य रेडियाे सन्देशका प्रबन्ध निर्देशक नन्दु कवर राख्नु भएकाे थियाे भने रेडियाे दाउन्नेका टेकबहादुर हरिजनले कार्यक्रम संचालन गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१