सामुदायिक बिदायको विद्यार्थीले पाउने सुबिधामा निजि बिदालय लाभान्वित हुँदै

  • चैत ४, २०७९
  • ६३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राम पुकार यादव/ सिरहा ।बर्षभरी निजि बिदालयमा रुपैया तिर्ने र परिक्षा सामुदायिक बिदालयमा दिने प्रवृत्तिले सामुदायिक बिदालय घाटामा गएको छ । स्थानीय तहले सामुदायिक बिदालयमा गरिने सहयोग र अनुदानको उपभोग निजि बिदालयहरुले सहजै रुपमा गरिरहेको छ । पालिकाको सार्वजनिक स्रोत साधन निजि बिदालय र त्यसका बिद्यार्थीहरुले सहजै रुपमा उपभोग गरिरहदा सामुदायिक बिदालय रय त्यस बिदालयमा अध्यनरत विद्यार्थी बालबालिकाहरुको सुबिधामा कटौती भएका छन । हालै संचालनमा रहेका बार्षिक परिक्षामा सिरहा स्थित विभिन्न सामुदायिक बिदालयहरुमा निजि बिदालयका विद्यार्थीहरुले परिक्षा दिरहेका छन ।

सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक बिदालय राजपुरमा बार्षिक परिक्षामा मिर्चैया नगरपालिका स्थित चानक्य बोर्डिङ स्कुलको विद्यार्थीहरुले परिक्षा दिरहेका छन । ती निजि बिदालयका विद्यार्थीहरु बाट बर्षभरि चर्को शुल्क बिदालयका प्रीन्सिपलहरुले उठाएर परिक्षा भन्ने सामुदायिक बिदालय बाट दिलाएका छन । उनि सामुदायिक बिदालयको बिद्यार्थीहरुले निशुल्क रुपमा पाउने कोपि किताबको सुबिधामा मात्र नभै सामुदायिक बिदालयको शिक्षक गार्डहरु बाट सुबिधा पाएका छन । सामुदायिक बिदालयको कोषबाट गार्डहरुले गार्ड भत्ता पाउने अनि निजि बिदालयको विद्यार्थीहरुलाई स्थानीय तहको पैसा बाट खरिद गरिएको कोपि किताब उपलब्ध गराउने प्रवृत्ति सामुदायिक बिदालयको लागि संकट हो ।

यसले राज्यले सामुदायिक बिदालयमा लगानी गरेको बजेट रकमहरु दुरुपयोग भैरहेको सहजै बुझ्न सकिन्छ । यस बिषयमा सामुदायिक बिदालयमा लगानी गर्ने स्थानीय तहहरुले मौनता देखाउनु हुदैन । बरु चासो लिई सार्वजनिक बजेट निजीकरणहुन बाट जोगाउन जोड दिनुपर्छ । निजि बिदालयले सामुदायिक विद्यालय बाट आफ्ना विद्यार्थीलाई परिक्षा दिलाउनुको कारण के हुन सक्छ ? अन्योलमा छन अबिभाकहरु । गाँजिएको शिक्षा ब्यबस्था जहाँ धेरै निजि बिदालयहरु दर्ता बिनै संचालनमा छन । पाँच कक्षा दर्ता भएको निजि बिदालयहरुले गैरकानुनी रुपले दस कक्षा चलाइरहेका छन । पाँच कक्षा भन्दा बढिका बिद्यार्थी अबिभाकहरु सँग बर्षैभरि दर्तै नभएको निजि संस्थाको माध्यम बाट पढाईको नाममा अबैध असुली गर्छन । परिक्षाको बेला अब कहाँ कुन स्कुल बाट कसरी परिक्षा दिलाउने भन्ने अन्योलमा हुन्छन । अन्तिममा सामुदायिक बिदालयहरुलाई गुहारछन । सामुदायिक बिदालय र निजि बिधालयको मिलोमतो हुन्छन । पैसाको चलखेल हुन्छन । सामुदायिक बिदालयहरुले आफ्नै सार्वजनिक रकमले खरिद गरिएको परिक्षा सामग्रीहरुले निजि बिदालयका विद्यार्थीहरुलाई परीक्षा दिन सहयोग गर्छन । यसरी सार्वजनिक पैसाको दुरुपयोग हुन्छन । यसमा संबंधित निकायको मौनताले शिक्षामा बेथिति पलाउँछन । शिक्षामा देखिएको यश किसिमको बेथितिले सामुदायिक शिक्षामा सुधारको परिकल्पना गर्न कठिन हुन्छ । सामुदायिक बिदालयमा परिक्षा दिने निजि बिदलायका विद्यार्थीहरुको कोपि कसले चेक गर्ने ? सामुदायिक बिदालयका शिक्षक या निजि बिदालयका शिक्षक ? उनिहरु कुन भत्तामा निजि बिदालयको विद्यार्थीहरुको कोपि काट्ने ? सामुदायिक स्रोत साधनमा निजि बिदालयको राज त हो यो ।बिदालय ब्यबस्थापन समितिको चुनावमा सामुदायिक बिदालयमा यसले के असर पार्ला ?

प्रतिक्रिया दिनुहोस

विद्यालय बाहिरका किश ...

संजू कुमारी दास, लाहान, २५ चैत।गोलबजार नगरपालिका को विभिन्न वडाका प्रभावित महिला तथा विद्याालय छोडेर ...

दोस्रो सुरुंगा मेयर ...

ओम प्रकाश यादव लहान, २५ चैत । सुरुंगा नगरपालिका, सप्तरीको प्रायोजन र सिसुवारी क्लबको आयोजनामा दोस्रो ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २४ चैत्र। वीरगंजको नेशनल मेडिकल (एनएमसी) कलेज शिक्षण अस्पताल र कर्मचारी सञ्चय क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१