सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

  • फागुन ११, २०७९
  • १३३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल फाल्गुन ११ । मधेश प्रदेशको सिराहा जिल्लाको सुखीपुर नगरपालिकाले स्थानिय खेलाडी र राष्ट्रिय खेलाडीलाई अपमान गर्दै गरेको खवर बाहिरिएको छ । नगरको वडा नं ५ लड्कनहा घर भएका कराते खेलाडी श्री किसुन शाह स्थानिय र राष्ट्रिय खेलाडी भएर रजत पदक जितेर नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएपनि उनलाई हालसम्म सुखीपुर नगरपालिकाले कुनै सम्मान गरेको छैन । लाहान दोजोका सिनियर खेलाडी श्री किसुन शाह गत जनवरी १३ र १४ २०२३ मा बंगलादेशमा भएको चौथो ईन्टरनेशनल कराँते ओपन च्याम्पियनशिप २०२३ मा सार्क राष्ट्रहरू बीच भएको खेलमा उनले दोश्रो स्थान प्राप्त गरी राष्ट्रको गौरव बढाएको खेलाडी हुन ।

मधेशको भूमिमा जन्मेर राष्ट्रको एकातिर गौरव बढाएको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको शान बढाएको अवस्था रहेको देखिन्छ । उनी खेल जगतमा यतिबेला संघर्ष गर्दै आएका छन् । उनी फेरि आउँदो मार्चमा दुबई मा हुन गइरहेको फ्रस्ट इमिरेट्स स्पोर्ट्स कराते ओपन च्याम्पियनशिप २०२३ का लागि नेपालबाट छनौटमा परेपछि उनी यतिबेला धर्म संकटमा परेको छ । आर्थिक अभावका कारण खेलमा सहभागी हुन नपाउने चिन्ताले आर्थिक सहयोगको लागि उनी पटक पटक मेयर राम औतार यादवको कार्यालय र घरमा पुग्दा मेयर यादवले कुनै वास्ता आफूलाई नगरेको खेलाडी शाहको आरोप रहेको छ ।

नेपाल सरकार , प्रदेश सरकार र स्थानिय सरकारले खेलकुदमा बजेट विनियोजन गरेपनि उक्त बजेट खेलाडीसम्म नपुग्नु चिन्ताको बिषय बनेको अवस्था रहेको देखिन्छ । आफनै पालिकामा राष्ट्रिय खेलाडी भएको थाह पाएर पनि पालिकाले खेलाडीको मनोबल बढाउन कुनै सम्मान नगरिनु खेलाडीलाई अपमान गरेको सहजै बुझ्न सकिन्छ । मेयर यादवलाई पटक पटक फोन सम्पर्फ गर्दा एकातिर फोन नउठेको अवस्था रहेको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको कार्यालयमा पुग्दा मेयर साहेब बाहिर जानु भएको छ , हामीलाई थाहा छैन भन्ने जस्ता जबाफ पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१