ताजा समाचार

आफनै मौलिकतामा अडिएको गुन्द्री

  • फागुन ९, २०७९
  • १५१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल फल्गुन ९ । समाजका पौराणिक बिषय वस्तु समाजको पहिचानको रूपमा रहेको देखिन्छ । समाज परिवर्तनशिल भएको अवस्थामा देखिने आधुनिक आविष्कारका कारण पौराणिक सामाग्री ओझेलमा पर्दै गएको तीतो यथार्थ हामीसँग ताजा रहेको देखिन्छ । समाजमा देखिने परिवर्तनका कारण हाम्रा संस्कृतिहरू लोपको अवस्थामा पुग्न लागेको सहजै अनुमान लगाउन सकिन्छ । विलासिताका वस्तुहरू समाजमा भित्रिन थालेपछि परम्परागत रूपमा हात बाट तयार गरिने गुन्द्री अर्थात् गोनैर बिछान यतिबेला हराउन थालेको देखिन्छ । खासगरी जाडो मौसममा धानको पराल अर्थात् झाटुवाबाट तयार गरिने गुन्द्रीको लागि काठको चार ओटा किला तयार पारिन्छ । तयार पारिएको किला मध्ये दुईटा अलि ठूलो र दुईटा सानो बनाइन्छ । गुन्द्री बनाउनका निम्ति बाबियोको डोरी बनाई उक्त डोरीलाई पर्तान अर्थात् हतासोको सहायताले मिहिनेत तवरले हप्ता दिन लगाएर गुन्द्री तयार पारिने चलन आज भोलि आधुनिकताको चपेटाकाे कारण धरापमा परेको सहजै अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤