११ लाखको सेनेटरी प्याड गोदाम मै; २१ लाखको : पुन खरीद गर्न टेण्डर आह्वान

  • माघ २३, २०७९
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/ माघ २३ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले खरिद गरेको ११ लाख बराबरको सेनेटरी प्याड वितरण न हुँदै पुनः २१ लाख बराबरको सेनेटरी प्याड खरिद गर्न टेण्डर आह्वान गरेको छ। विद्यालय तथा क्यापस तहाका किशोरि समूहका छात्राको लागी वितरण गर्नको लागी खरिद गरेको ११ लाख बराबरको सेनेटरी प्याड ६ महिना देखि गोदाम मै रहेको हुँदा कमिसनको चलखेल हुन सक्ने आशंका गरिएको छ। ६ महिना पहिला नै खरिद गरेको ११ लाख बराबरको सेनेटरी प्याड वितरण न गर्दै पुनः २१ लाख बराबरको सेनेटरी प्याड खरिदको लागि टेण्डर आह्वान गर्नु कमिसनको खेल रहेको स्पस्ट गर्दछ। विद्यालय जाने उमेरका किशोरी महिनावारीको समयमा पनि बिद्यालय आउने वातावरण निर्माणको लागी देशैभारीका विद्यालयलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने सरकारले निति ल्याएको हो।

त्यस्तै रामग्राम नगरपालिकाले निशुल्क सेनेटरी प्याड वितरण गराउदै आएको छ।नगर भित्र ३२ सामुदायिक र २७ निजी विद्यालय र २ क्याम्पस रहेको छ। नगरले वितरण गर्ने सेनेटरी प्याडको गुणस्तर माथी पनि प्रश्न उठेको छ । महिनावारी हुने समय आएपछि विद्यालय जाने कि नजाने गए पनि कसरी दिन कटाउने केही समस्या होला कि भन्ने चिन्ता सामाधानको लागी सरकारले प्रत्येक समुदायिक विद्यालयलाई सेनेटरी प्याड निशुल्क वितरण गर्ने प्रावधान गरेको छ। तर नवलपरासीका रामग्राम नगरपालिको किशोर समूहका छात्राहरुलाई अहिले त्यो समस्याले सताउन थालेको छ । नगरपालिकाले ल्याएको स्यानिटरी प्याड ६ महिना देखी गोदाम मै रहदा र वितरण न गर्दा यस्तो समस्या आएको हो ।

रामग्राम नगरपालिका क्षेत्र भित्र ३२ सामुदायिक र २७ निजी विद्यालय रहेका छन् । ति अधिकांस विद्यालयमा छात्राहरुलाई माहिनवारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड वितरण भैरहेको छ।गत आर्थिक वर्ष ०७८/०७९ मा सेनेटरी प्याडको लागी २६ लाख बजेट छुटयाईएकोमा इभिडिंग मार्फत टेण्डर गर्दा ११ लाखमा टेण्डर भयो । सोही प्याड ६ महिना देखी गोदाम मै थन्किएको छ । नगरले उपल्बध गरिएको न्यून गुणस्तर र सानो आकारको भएकोले प्रयोग गर्न असहज भएको छात्राहरुको गुनासो छ। गुणस्तरहिन सेनेटरी प्याड ल्याएको करणले रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरीले वितरण गर्न रोक लागउनु भएका बताएका छन् । सेनेटरी प्याड नमूनाको लागी देखाउने क्रममा गुणस्तरमा कमी देखिएकोले बिद्यालयमा बितरण नगरेको र केही विद्यालयमा वितरण गरेको सेनेटरी प्याड नगरपालिका फिर्ता ल्याइएको उपमेयर चौधरीले बताउनुभयो ।

महिनावारी हुँदा छात्रालाई विद्यालय नियमित आउन सहज होस् भनेर निःशुल्क उपलब्ध हुने समाग्री नगरको जिन्सी प्रमुख सन्तोष घिमिरेको लापरबाहीले प्रयोग मै नआएको देखिन्छ । सेनेटरी प्याड ल्याएको ६ महिना बिती सक्दा पनि गुणस्तरका समान न ल्याउने कानमा तेल हलेर बस्नुको करण कमीशनको खेल रहेको आम जनताको बुझाइ रहेको छ । सेनेटरी प्याड वितरण कार्यविधि २०७६ मा न्यूनतम् लम्बाइ २४०,चौडाइ ६० देखि ७५ र मोटाइ १५ एमएम हुनुपर्ने उल्लेख छ । तर कमिसनको लागि एक पटक खरीद गरेकोलाई गोदाम मै राखी अर्को फेरि खरीद गर्न लागेका हुन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१