चिसो बढ्न थालेपछि भगवानपुर अति विपन्न मुसहर समुदायलाई चिन्ता

  • माघ ७, २०७९
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव लहान २०७९ माघ ७ गते चिसो बढ्न थालेपछि सिरहाको भगवानपुर अति विपन्न मुसहर समुदायमा चिन्ता थपिएको छ । प्रत्येक वर्ष जाडोमा कठ्यांग्रिँदो दैनिकी बिताउने मुसहर समुदाय कसरी ज्यान जोगाउने चिन्तामा छन् । उनीहरु के लाउने, के ओछ्याउने र के ओढ्ने भन्ने चिन्तामा छन् । जाडो जेनतेन काटिए पनि पुस र माघको शीतलहर कसरी काट्ने चिन्ताले यस भेगका बिपन्नलाई सताएको छ । चरम आर्थिक अभावमा रहेका उनीहरुका लागि जाडो मौसमको सहारा पराल नै बन्ने गरेको छ । ‘जाडो महिनामा पराल नै हाम्रो साहरा बन्छ, परालै ओढ्छौं, परालै ओछयाउँछौं र परालकै आगो ताप्छौं,’ सिरहाकाे भगवानपुर गाउँपालिका वडा नं.३ अभयनगर का मुसहरी टोलका स्थानीय सदायले भने, ‘हामी गरिबसँग अन्य विकल्प छैन के गर्ने बाध्यता हो ।’ जाडोयाममा ज्यान जोगाउने सकससँगै यस बस्तीमा हातमुख जोड्ने सकस हुने गरेको उनीहरु बताउँछन् ।

जाडोयाममा भगवान् भरोसा गुजारा चल्ने गरेको फकिरले बताए । ‘जाडोमा बाहिर काम गर्न हिम्मत हुन्न, बाहिर काम गर्न नगए हातमुख जोड्न समस्या हुन्छ, उनले भने । गरिबीका कारण टुटेको घरमा बस्नु परेको र च्यातेको कपडा लाउनु परेको अधिकांश मुसहरको भनाइ छ । प्रत्येक वर्ष जाडो मौसम सुरु हुनासाथ गाउँका साहुमहाजनले दिने पुरानो कपडा उनीहरुको जाडो छल्ने उपाय बन्ने गर्छ । भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव फाेटाे खिच्नेमा बेस्त छ।तर हाम्रो मुसहर समुदायलाई जाडो मा धेरै कठिनाई भइरहेको छ।तर स्थानीय सरकार हाम्रो लागि केही गरेको छैन ।स्थानीय सरकार र वडा अध्यक्ष हरू आफ्नो कामकाजमा बेस्त छ।तर हामीहरू धेरै कठिनाई काे जिबन बिताई राखेको छु स्थानीय मुसहर भनाइ ।

अलिअलि घामको सहाराले दिन बिताए पनि रात कटाउन निकै गाह्रो हुने गरेको उनले बताए । ‘घरका बालबालिकालाई च्यातेको लुगा र पराल ओढाएर सुताउँछौं, सिरहा मरिकटाेल काे सदायले भनिन्छ, ‘हामी बूढाबूढीको सहारा आगो ताप्ने घुर नै हो ।’ उनले थपिन, ‘मंसिरमा गिरहतको धान काटेर ल्याएको पराल हाम्रो चुलोदेखि ओढ्ने ओछ्याउने सहारा बन्छ ।’ निरन्तरको शीतलहर र चिसोले यहाँको विपन्न तथा मुसहर बस्ती र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित हुँदै आएको भगवानपुर गाउँपालिका ३ का स्थानीयले बताए । पुस र माघको बाक्लो हुस्सु र चिसो हावाका कारण उनीहरुको जीवन झन् कष्टकर बन्छ । गरिबीका कारण बूढाबूढीहरु न्यानो लुगा र तागतिलो खानपान बन्दोबस्त गर्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहामा DOTIM अधिकार ...

ओम प्रकाश यादव लहान, पुष ७ । जनता समाजवादी पार्टी नेपालका शुभेच्छुक संगठनहरू—दलित बिचलाबर्ग, थ ...

हिमालय क्षेत्रीय छाय ...

२०२५ डिसेम्बर २१, लुम्बिनी — २०२५ को पहिलो हिमालय क्षेत्रीय छायाँकला परिक्रमाले लुम्बिनी बुद्ध ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१