Siraha Times
ताजा समाचार

लक्ष्मीमा बच्चा चोरको नाउँमा तेस्रो लिङ्गीमाथी कुटपिट गरिएका ब्यक्तीलाई कार्बाहीको जोडदार माग

तेस्रो लिङ्गीहरु बच्चा चोर हैन अपवाह मात्र हो: कुटपिट गर्ने ब्यक्तीमाथी कडा कार्वाहीको माग

  • भदौ २६, २०७९
  • १५७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ भदौ - सिरहाको लक्ष्मीपुर चौकमा शनिबार बेलुका करिब ५ बजेको समयमा बच्चा चोरको नाउँमा निर्घात कुटपिट गरिएका सिरहाको कल्याणपुर नगरपालिका ९ डुमरी बस्ने ४३ बर्षका मुनी किनर र धनुषाको हस्तपुर नगरपालिका मल्हनिया घर भएका ४५ बर्षको चन्दे किनर तेस्रो लिङ्गी दुबै जना माथी स्थानीय एक जना कपडा ब्यवसायीले एकासी बच्चा चोर हो भनेर निर्घात कुटपिट गरेका छन्। कपडा ब्यवसायी सोधपुछ र कुटपिट गर्न थाले पछि स्थानीयहरुको एक समुहले दुबै जना तेस्रो लिङ्गी गुपताङ्ग र मर्ना सन गरी कुटपिट गर्दा जिबन ज्योति समाज लहानका शखा कार्यालयको ध्यानाकर्षण भएको छ। मुनि किनर भनीने तेस्रो लिङ्गीले लक्ष्मीपुर चौकमा आफनै दीदीलाई साथी संगै भेटेर लहान आउने क्रममा कुटपिट भएको हो।

Open photo

मुनी र चन्दे भने तेस्रो लिङ्गी लहान नगरपालिका वाडा नम्बर ५ मा कोठा भाडा लिएर बस्दै आएका छन्। उनीहरुले बच्चा जन्मिएको घरमा दुई ३ जनाको समुहमा गएर नाच गान गर्ने र बधाई दिने गरे उनीहरुले खुशी राजीले दिएको पैसाबाट आफनो घर परिवार चलाउने र जिबीको पार्जन गर्ने गरेका छन् । उनीहरु लहान ६ स्थित रहेको जिबन ज्योति समाजको सदस्य र सेवा ग्राही समेत रहेका हुन्।कुटपिट भएको घटना प्रति संस्थाका सम्पुर्ण पदाअधिकारीहरु दु:ख र निन्दनीय घटना भएको हो। खेद प्रकट गर्दै दोसीलाई कडा कर्बाहीको माग गरेका छन्। पीडितहरुको समुहले ईलाका प्रहरी कार्यालय सिरहामा कार्बाहीको लागी निवेदन र उजुरी दर्ता समेत गराएका संस्थाका अध्यक्ष राम जनक राय र प्रबन्धक लक्षमेश्वर प्रसाद यादवले घटना दु:खद भएको कार्बाहीको जोडदार माग गरेका हुन्। कर्बाही न भए देश भरी हामी चरणबध आन्दोलनमा जाने चेतावनी दिएका हुन।

Open photo

Open photo

Open photo

Open photo

Open photo

 

प्रतिक्रिया दिनुहोस

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

अध्यक्षकै टोलको सडक ...

रहमुल, लहान २० असार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशाबारी स्थित मुख्य सडक अहिले हि ...

सिरहामा नेपाली कांग् ...

रहमुल लहान, २० असार । नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुक्रबार ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१