रुपन्देहीमा गोली चल्यो : एक घाइते, ५ जना नियन्त्रणमा

  • साउन ३०, २०७९
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भैरहवा : रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा गोली चलेको छ । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । अहिले उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेदबहादुर पौडेलले घटनाबारे सोधपुछका लागि पाँचलाई नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाको विभिन्न कोणले अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

एन.सि.सि. अल्मुनाई ए ...

ओम प्रकाश यादव लहान पुष १० । “अनुशासन नै राष्ट्रिय सेवाको मूल जग हो” भन्ने मूल नाराका सा ...

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१