ताजा समाचार

विओपी माडर र एसएसबी बिच भएको भलिबल खेलमा विओपी माडरको जित

सशस्त्र र एस.एस.वी बिच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्रको सानदार जित

  • साउन १३, २०७९
  • १७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सशस्त्र प्रहरी बल माडर खैरटोका र सिमा सुरक्षा बल भारत अरहा बिच भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको सानदार जित हासिल गरेका छन । नेपाल भारत सिमा माडरको २ नं.ढाठ दशगाजामा भएको दुई देश विचको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा ३ र २ सेटमा जितेका थिए । उक्त मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल खैरटोका सशस्त्र प्रहरी निरिक्षक लोकनाथ उप्रेतीको कमान्डमा १५ जना र सिमा सुरक्षा बल भारत अरहा एसएसबी निरीक्षक कुलदिप सिंहको कमाण्डमा २० जना मैत्रीपुर्ण भलिबल प्रतियोगितामा सहभागि रहेको थियो । मैत्रीपुर्ण भलिबल प्रतियोगिताले दुई देशका प्रशासन विचको सम्बन्ध अझै प्रगाढ हुनुको साथै खेल प्रतिको रुचि झन बढने र प्रहरीमा हौसला बढने सशस्त्र प्रहरी निरिक्षक लोकनाथ उप्रेतीले बताए । साथै यस्ता दुई देशबिच समय समयमा मैत्रीपुर्ण प्रतियोगिता खेल भईरहदा दुबै देश विचको सम्वन्ध झन नजिक हुने भन्दै मैत्रीपुर्ण भलिबल प्रतियोगिता गराउन पहल गरेका सशस्त्र प्रहरी बल माडर खैरटोका स.प्र. नि लोकनाथ उप्रेतीलाई प्रहरी उपरिक्षक रमेश थापाले धन्यवाद दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

लहान-२३मा मिथिला साम ...

शियाराम यादव ,लहानअसोज-१७ । सिरहाको लहान नगरपालिका–२३, गाढास्थित मिथिला सामुदायिक सिकाइ केन्द् ...

शैक्षिक सुधारतर्फ डो ...

विनोद अविरल,​ असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालय ...

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤