Siraha Times
ताजा समाचार

बुटवलमा म्याद सकिएका औषधिमा मिति थपेर बेच्ने तीनजना पक्राउ

  • असार ८, २०७९
  • १६९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स जगत ठाडा मगर बुटवल । रुपन्देहीको बुटवलमा म्याद सकिएका औषधिमा नयाँ मूल्य र मिति राखेर बिक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको नागार्जुन गाउँपालिका वडा नं २ का २८ वर्षीय प्रकाश भण्डारी, वडा नं ३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका– ११ का २६ वर्षीय हरिश भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले यस अनलाईनलाई जानकारी दिए।

उनीहरुलाई बुटवल उपमहानगरपालिका– ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्री वितरण गरेको आरोपमा पक्राउ गरिएको हो st। पक्राउ परेकाहरुउपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छst । प्रहरीले उनीहरुको साथबाट २ सय कार्टुन विभिन्न प्रकारका प्रशाधन (औषधि) तथा पोषणयुक्त सामग्रीहरु र एकथान प्रिन्टिङ मेसिन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

बोदे बर्साईनमा रास्व ...

उमेश कुमार साह सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार ...

पोषण सुधारका लागि आम ...

ओम प्रकाश यादव लहान, साउन ११। दलित विकास मञ्च (DDF) सिरहाद्वारा सञ्चालित तथा हेलेन केलर इन्टरनेशनलको ...

भ्रष्टाचारको मामिलाम ...

रंजित चौरसिया,वीरगंज ११ साउन । भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१