ताजा समाचार

भूमिहीनलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न गृहमन्त्री खाँणको निर्देशन

  • असार ४, २०७९
  • ११८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

जगत ठाडा मगर बुटवल, असार ४ । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीन सुकुमबासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका छन् ।मन्त्री खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका हुन् । शनिबार बुटवल राष्ट्रिय भूमि आयोगले आयोजना गरेको जिल्ला समितिका पदाधिकारीहरुका लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जति सक्दो चाँडो भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन उनले आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले स्थानीय तहका जनप्रतिनिधिलाई पनि आयोगका कामकारबाहीमा सहयोग गर्न आग्रह गरे । ‘सरकारले के गर्नुपर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनुपर्ने हो कि, सबै काम गर्न सरकार तयार छ’, उनले भने, ‘भूमिहीनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ठूलो सहयोग चाहिन्छ । स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्न चाहन्छु पूर्ण सहयोग गर्नुहोला ।’ उनले भूमिहीनसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको र अन्त्य हुनेमा विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

पालिकामै पुग्न थाल्य ...

उमेश कुमार साह सप्तरी कार्तिक १७ । पछिल्लो समय आफ्नै पालिकाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन् ...

खडक नगरपालिकाको कल्य ...

ओम प्रकाश यादव, लहान, कात्तिक १६ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरस्थित आधारभूत अस्पतालमा आ ...

पत्रकारलाई धम्की दिन ...

वीरगंज १६ कात्तिक । पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं.–४ का वडाध्यक्ष लक्ष्मण साह कानुले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤