सुरुङ्गा नगरपालिकाको काङ्ग्रेसको टिकट वितरणमा आर्थिक अनियमितता भएको आरोप

  • वैशाख १५, २०७९
  • ४८८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १५, वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिकामा नेपाली काङ्ग्रेसका क्रीयाशिल नेताहरुले नगर- प्रमुख र उप -प्रमुखपदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छ । नेपाली काङ्ग्रेसमा २०४८ सालको ८ औं महाधिवेशन देखि १४ औं महाधिवेशन सम्म पटक पटक महासमिति र महाधिवेशन प्रतिनिधिको रुपमा रहेका नारायण चौधरीले नगर प्रमुखपद का लागि स्वतन्त्र उम्मेदवारी दिएको हो । त्यसैगरी उप-प्रमुखमा सुष्मा कुमारी चौधरीले स्वतन्त्र रुपमा बागी उम्मेदवारी दिएको पत्रकार सम्मेलन गरि बताइन् । स्थानीय तह निर्वाचनको टिकट वितरणमा पार्टीले न्याय गर्न नसकेको उनिहरुले बताएका छन् । जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित भए पनि पार्टीले न्याय गर्न नसक्नुमा उनिहरुले चिन्ता वक्त गरे ।

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको उनीहरुको आरोप छ । नगरपालिकाका निवर्तमान नगर प्रमुख मुक्तीनाथ चौधरी , निवर्तमान जिल्ला उपसभापति राजकुमार न्यौपाने , जिल्ला सदस्य उल्फत मियाँ , दोस्रो संविधान सभा सदस्य सुरेन्द्र प्रसाद यादव , सप्तरी क्षेत्र नम्बर - ४ 'क' केन्द्रका प्रदेश सभापति सदरुल मियाँ लगायत नगरपालिका भित्रका करिब ८० प्रतिशत कार्यकर्ताहरुको एक टोलिले बागी उम्मेदवारको पक्षमा रहेको उनीहरुको दावी छ । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले करोडौं रुपैयाको आर्थिक चलखेल गरि सप्तरीको खड्क नगरपालिका , बलानबिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाको टिकट वितरणमा आर्थिक अनियमितता गरेको उनिहरुको आरोप छ ।

प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीको डिजाईनमा काङ्ग्रेसबाट नगरप्रमुखको रुपमा गिता चौधरी र उप- प्रमुखको रुपमा रुद्र बहादुर कार्कीलाई उमेदवार बनाएकोआरोप छ । नेपाली काङ्ग्रेसबाट मेयर र उपमेयरका लागि सिफारिस गरिएका चौधरी र कार्की प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीको नजिकका ब्यक्ति भएकोले उनिहरुको नाम सिफारिस गर्नमा माननियको महत्त्वपूर्ण भुमिका रहेको जिल्ला सदस्य मो. उल्फत मियाँले बताए ।

प्रतिक्रिया दिनुहोस

लहान- सातका प्राध्या ...

लहान, ९ फागुन । सिराहाको लहान नगरपालिका–७ निवासी प्राध्यापक सन्तोष गुप्ता भन्ने संतोष कुमार सा ...

बालिका अपहरण गरी १ क ...

लहान फागुन ९ । चुनावको माहौल तातेको छ। सुरक्षा संयन्त्र चुनाव लक्षित शान्ति–सुरक्षा व्यवस्थापन ...

पर्सा जिल्लाको मूल स ...

वीरगंज, ७ फागुन । सामाजिक स्वयंसेवक एंव अधिवक्ता प्रमोद प्रसादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१