ताजा समाचार

नारायणी नदीमा ४० हजार माछाका भुरा छोड्यो :कार्यालय प्रमुख :सरोज यादव

  • पुस २४, २०७८
  • १६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

चितवन । नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरले नारायणी नदीमा छाडेको हो । जलिय जैबिक बिविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रीत समुदायको आय स्तर अभिबृद्धिका लागि स्थानिय जातको माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोज कुमार यादवले बताए । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको र यस पटक स्याङजा स्थित काली नदि, र कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए । यस अघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछा भुरा छाडेको उनकोे भनाई छ ।

खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जिवनस्थर विकासका लागि आफुहरुले यो कार्यक्रम गरेको यादवको भनाई छ । आफुहरुको मेची देखी महाकाली सम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्यान गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रर्वद्दन गर्न माछा भुरा छाँडिदै आएको उनले बताए । नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेटिक टन माछा मध्य २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताए ।प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उनकोे भनाई छ । जलाहारी बोटे लगायतका समुदायको आय स्थर विकास गर्न र नदीनाला बाट माछा मारेर जिवन निर्वाह गर्ने समुदायको हितका लागी यो कार्यक्रम संचालन गरिएको यादव बताउँछन ।यसले पानीमा आश्रित गोही लगाएतका जनावरलाई समेत फाईदा पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤