धनगढी प्रहरीमा घुस लेनदेन बढियो

  • पुस १५, २०७८
  • १७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १५ पुष । ईलाका प्रहरी कार्यालय धनगढीमा घुस लेनदेन बढेको छ । धनगढी प्रहरीले तीन सता अगाडि भारतीय मोटरसाईकलमा नेपाली प्लेट लगाएको गाडी नियन्त्रणमा लिएको थियो । भारतीय गाडी भन्सारमा नबुझाएर धनगढीमाई १३ भरलेनीका राजेन्द्र महतोको २७० नम्बरको मोटरसाईकल ३० हजार लिएर प्रहरी छाडेको स्रोतको दावी छ । त्यसैगरी पुष १० राती नियन्त्रणमा लिएको अवैद्य काठ सोही राती ९ हजार लिएर धनगढी प्रहरीले छाडेका छन् । धनगढी प्रहरीका रामगोपाल यादव र बैजु महतोको सक्रियतामा सो अवैद्य काठ छाडेको स्रोतको दावी छ । सो अवैद्य काठ १२ फिटको ३ वटा रहेको थियो । यसवारे जिल्ला प्रहरी मौन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१