Siraha Times
ताजा समाचार

भ्रष्टाचारको अखडा बन्दै सिरहाका सरकारी कार्यालयहरु

  • पुस ४, २०७८
  • २३९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

  लहान/पुस ४ गते। सिरहा जिल्लाको हरेक सरकारी कार्यालयहरुमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको सरोकारवालाले जनाएको छ ।लहानमा जिल्ला प्रशासन कार्यालय सिरहाले सरोकारवालाहरु संग गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई सरोकारवाला यस्तो बताएका हुन् । मालपोत , यातायात , नापी , सडक डिभिजन , बन , घरेलु लगायतको हरेक सरकारी कार्यालयहरुमा खुल्लेयाम भ्रष्टाचार भैरहेको छ ।, भने हरेक सरकारी कार्यालयहरुमा चाकडी गर्ने बिचोलियाहरुको बिगबिगी बढेको सरोकारवालाहरुले बताएका छन् ।महङ्गी दिनानु दिन बढिरहेको कारण निजामती कर्मचारीहरुलाई तलवको पैसाले परिवार पाल्न धौ - धौ भएकोले उनिहरु लालची भई भ्रष्टाचार गरिरहेको उनिहरुले गुनासो गरे । भ्रष्टाचारमा स्थानीय तहहरु पनी अछुतो छैन् , तल देखि माथी सम्म मिलोमतोमा भ्रष्टाचार भैरहेको छ भन्दै सरोकारवालाहरुले भने , 'सरकारी कार्यालयको बिल भरपाई सहि रुपमा जनताको सामु पारदर्शी गर्यो भने हरेक कार्यालयका प्रमुख, लेखापाल लगायत सरोकार राख्ने कर्मचारी, जनप्रतिनिधि , उपभोक्ता ठेकेदार लगायत सम्पुर्ण फस्ने दावी गरे । नेपाल भारतको सिमा नाकाबाट खुल्लेयाम लागू औषध भित्रीरहेको गुनासो छ । भन्सार छली ल्याएको अबैध सर - समानमा खुल्लेयाम बजारमा कालोबजारी भैरहेको गुनासो छ । किसानको लागि आएका खाद्यमलमा कमिशनको चलखेल बढेको छ । लहान नगरपालिका व्यापक रुपमा भ्रष्टाचार भैरहेको छ । लहान बसपार्कमा दादागिरी रकम उठिरहेको छ । यता प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले कार्यकाल भित्र भ्रष्टाचार निर्मुल गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१