भ्रष्टाचारको अखडा बन्दै सिरहाका सरकारी कार्यालयहरु

  • पुस ४, २०७८
  • २१५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

  लहान/पुस ४ गते। सिरहा जिल्लाको हरेक सरकारी कार्यालयहरुमा भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको सरोकारवालाले जनाएको छ ।लहानमा जिल्ला प्रशासन कार्यालय सिरहाले सरोकारवालाहरु संग गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई सरोकारवाला यस्तो बताएका हुन् । मालपोत , यातायात , नापी , सडक डिभिजन , बन , घरेलु लगायतको हरेक सरकारी कार्यालयहरुमा खुल्लेयाम भ्रष्टाचार भैरहेको छ ।, भने हरेक सरकारी कार्यालयहरुमा चाकडी गर्ने बिचोलियाहरुको बिगबिगी बढेको सरोकारवालाहरुले बताएका छन् ।महङ्गी दिनानु दिन बढिरहेको कारण निजामती कर्मचारीहरुलाई तलवको पैसाले परिवार पाल्न धौ - धौ भएकोले उनिहरु लालची भई भ्रष्टाचार गरिरहेको उनिहरुले गुनासो गरे । भ्रष्टाचारमा स्थानीय तहहरु पनी अछुतो छैन् , तल देखि माथी सम्म मिलोमतोमा भ्रष्टाचार भैरहेको छ भन्दै सरोकारवालाहरुले भने , 'सरकारी कार्यालयको बिल भरपाई सहि रुपमा जनताको सामु पारदर्शी गर्यो भने हरेक कार्यालयका प्रमुख, लेखापाल लगायत सरोकार राख्ने कर्मचारी, जनप्रतिनिधि , उपभोक्ता ठेकेदार लगायत सम्पुर्ण फस्ने दावी गरे । नेपाल भारतको सिमा नाकाबाट खुल्लेयाम लागू औषध भित्रीरहेको गुनासो छ । भन्सार छली ल्याएको अबैध सर - समानमा खुल्लेयाम बजारमा कालोबजारी भैरहेको गुनासो छ । किसानको लागि आएका खाद्यमलमा कमिशनको चलखेल बढेको छ । लहान नगरपालिका व्यापक रुपमा भ्रष्टाचार भैरहेको छ । लहान बसपार्कमा दादागिरी रकम उठिरहेको छ । यता प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले कार्यकाल भित्र भ्रष्टाचार निर्मुल गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–१५ र १८ मा संरक ...

ओम प्रकाश यादव लहान, कात्तिक २९ । लहान नगरपालिका, JOA, Care Nepal तथा FECOFUN/NFGF को आर्थिक तथा प्र ...

विश्व मधुमेह दिवसको ...

वीरगंज २९ कात्तिक । विश्व मधुमेह दिवस–२०२५ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको पह ...

बत्ती, पानी र बाटोको ...

विनोद अविरल,कार्तिक २८, ​सिराहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ मा अवस्थित दुर्गम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१