दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १७ मंसिर । सिरहाको लहान १३ राजदेवी टोलवासी आतंकीत छन् । प्रहरी प्रशासनको ध्यानाकर्षण गराएपनि मौन छन् । अपराधीलाई नै संरक्षण हुने गरी अभाष महसुस गर्छन् स्थानीयवासी । घटना धार्मिक क्रियाकलाप मात्रै नभई बलात्कारसहित हिँसात्मक प्रशयले त्यस टोलवासी आतंकीत छन् । जसको लाठी उसैको भैँसी अर्थात कानुनी राज्यको उपहास भएको स्थानीयवासी नाम नबताउँने शर्तमा घरबाट एक एक जना निस्किएर गुनासो पोख्छन् । आजभोली यौन दुव्र्यवहारको घटना भएको एक साताबढी वित्यो । तर, ईलाका प्रहरी कार्यालय लहानले त्यहाँका पीडितको उजुरी दर्ता गरेका छैन । एक १५ बर्षीया पीडित बालिकालाई स्थानीय लाल अन्सारीको छोरा बर्ष १७ का आशिक अन्सारीले यौन दुव्र्यवहार गरेको छ । बर्षोदेखि पीडित बालिकालाई विभिन्न आर्थिक तथा मोबाइल प्रलोभन दिई जबरजस्ती करणीको प्रयास गर्दै आएका थिए । पीडित बालिका आर्थिक तथा मोबाइल अस्वीकार गरेपछि मार्ने धम्की दिएका थिए । पीडित बालिकाले आफ्ना घरपरिवारलाई घटनावारे जानकारी गराउँदा आशिक अन्सारीले मंसिर ६ गते माछा फारम नजिककै जबरजस्ती यौन दुव्र्यवहार गरेको छ । बालिकाको मंसिर ६ गते जन्मदिनको कार्यक्रम थियो । साँझ केक खरिद गरी घर फर्किरहेकी बालिकामाथी यौन दुव्र्यवहार भएको हो । घटनापछि मंसिर ९ गते पीडितपक्षले लहान प्रहरीमा उजुरी दिएपनि हालसम्म उजुरी दर्ता गरिएको छैन ।
अर्कातीर आरोपित खुलारुपमा प्रहरी र टोलवासीलाई चुनौती दिँदै हिड्दैछन् । राती राती घरमै आएर पीडित बालिकालाई बलात्कार प्रयास तथा धम्काउँने गर्छन् । घटनावारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दहालले उजुरी आएको छ । अपराधीलाई खोजी गर्ने कार्य भइरहेको दावी गर्छन् । त्यस बस्तीमा १५—१८ घरधुरी छन् । पटक पटक यस्ता घटना दोहोरिने गरेको छ । यसअघि एक जनप्रतिनिधिले बलात्कार प्रयास तथा कुटपिट गरी एक महिलालाई यातना दिएका थिए । धार्मिक समस्या समेत गर्दै आएको छ भने साना साना घटनाको विवरण सार्वजनिक नभएर त्यहाँका टोलवासी आतंकीत बनेको छ । शान्ति सुरक्षाको अभावमा त्यस टोलका एक परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
लहानमा दुई अर्ब लागतको मुटु अस्पताल निर्माण हुने ऐतिहासिक कदम, HDCL को प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र, “अधूरा काम पूरा गर्न अन्तिम उम्मेदवारी” – तेजुलाल चौधरी
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic