पोखरभिण्डामा आगजनीविरुद्ध चार युवाविरुद्ध प्रहरीमा उजुरी

  • मंसिर ३, २०७८
  • १०८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गद्दरसिँह करिम लहान, २ कातिक । सिरहाको लक्ष्मीपुर पतारी २ पोखरभिन्डा स्थित एक पसलमा आगजनी गरेको आरोपमा चार जनामाथी ईलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ । कठघरामा पसल गर्दै आएका विष्णुदेव यादवको पसलमा कात्तिक ३० गते आगजनी गरी करिब दूई लाखको मालसमान नष्ट गरेको आरोपमा स्थानीय चार युवामाथी प्रहरीमा उजुरी परेको छ । पीडित यादवले न्यायको लागि स्थानीय सन्तोष कामैत, सरोज कामैत, राकेश राय र अनल रायविरुद्ध लहान प्रहरीमा उजुरी दिएको छ । पीडित यादवले ‘कातिक २८ गते यिनीहरुले मलाई धम्की दिएका थिए ।’ ‘त्यसपछि कातिक ३० गते राती आगजनी गरेको हो ।’ ‘धम्की दिएको दूई दिनमा यस्तो आगजनी यिनीहरुले नै गरेको हो । यादवले दावी गर्दै यिनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएको छ । आगजनीमा मदिरा, अण्डा, फ्रिज, मिक्चर मेसिन, टेवुल, कुर्सी, चौकी, बेन्च, सिलिन्डर, ग्यास चुल्ला, भाडाकुडा, कपडासहित अन्दाजी एक लाख ७९ हजार २ सय बराबरको मालसमान जलेर नष्ट भएको यादवले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

शहीदका सपना अझै अधुर ...

रहमुल, लहान १६ माघ । राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको माग गर्दै संघर्ष गरेका गंगालाल श्रेष ...

प्रेमीसँग मिलेर परिव ...

रहमुल, लहान १६ माघ । बाराको परवानीपुर गाउँपालिकामा भएको दोहोरो हत्याकाण्डमा मृतक परिवारकै बुहार ...

भगवानपुर गाउँपालिकाम ...

लहान माघ १६ । भगवानपुर गाउँपालिकाको सहयोगमा एकदिवसीय पशु स्वास्थ्य शिविर वडा नं. ५ स्थित कृषि तथा पश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१