Siraha Times
ताजा समाचार

थारु, मैथली कलाकार नविन चौधरीलाई बचाउन आग्रह

  • असोज ३१, २०७८
  • १७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ३१ , असोज । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एक कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका -९ लक्षणपट्टी बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी हाल कलिलो उमेरमा जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् । धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै उनलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ । कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित कलाकार चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रहेको पारिवारिक श्रोतबाट बुझिएको छ । बर्षौ देखि कहिले आइसीयु, कहिले भेन्टिलेटरमा राख्नु पर्ने भएकोले छोराको उपचारमा अहिले सम्म ४५ लाख खर्च भैसकेको कलाकार नवीन चौधरी कि आमा बिशवरी कुमारी चौधरीले बताए । कालाकार चौधरीले दर्जनौ थारु फिल्म र मैथली एल्वमहरुमा अभिनय गरिसकेका छन् ।

समाद एफ एम लहानबाट आफ्नो क्यारियरको सुरुवात गरेको कलाकार चौधरीको सैया भ्याल जमैया , दिलके टुक्रा , नथिया टुटल सैया खटिया पर , स्पृङ्ग सेट छौ, लगायतका गित र फिल्महरुमा मुख्य पात्र ( नायक) को रुपमा अभिनय गरिसकेका छन् । छोरोको उपचार गर्दा गर्दौ परिवारिक अवस्था अती दयनीय भऐकोले , सम्पुर्ण कलाकारहरु, बुद्धिजीवी , समाजिक अभियन्ता, समाजसेवी , संघ संस्था , देश , विदेशका प्रवासी कमदारहरु लगायतलाई कलाकार नवीन चौधरी बचाउ अभियानमा हातेमालो गरी सहयोग गरिदिन हुन परिवारले अनुरोध गरेका छन् । नविन चौधरीको आमा बिशवरी कुमारी चौधरीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाको खाता न:-२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन कलाकार चौधरीको परिवारले आग्रह गरेको छ ।

सहयोग गर्ने मनहरुले पैसा जम्मा गरेको भौचर `कलाकार नबिन चौधरी बचाउ अभियान´ फेसबुक लाईक पेजको कमेन्ट बक्समा पठाई दिनहुन अनुरोध गरेका छन् । थप जानकारीको लागि चौधरीको आमा बिशवरी कुमारी चौधरीको मोवाईल नम्बर:- ९८११७४१३१४ ,श्रीमतिको मोवाईल नम्बर - ९८१४७२२१७७ र कलाकार नबिन चौधरी बचाउ अभियान सम्पर्क नम्बर :-९८६०३५५३३५ मा जानकारी लिन सक्ने छ । बुवा आमाको तीन सन्तान मध्ये जेठो सन्तानको रुपमा रहेको कालाकार चौधरीको करिब ४ बर्षिय एउटा छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

देवानगन्ज घटनामा नेप ...

लहान, साउन १२ । नेपाल कुशवाहा कल्याण समाज नगर कार्यसमिति लहान, सिरहाले सुनसरी जिल्लाको देवानगन्ज गाउ ...

विरोधपछि ‘मधेश प्रदे ...

जनकपुरधाम। मधेश प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउने तयारी गरेको ‘मधेश प्रदेश आम सञ्चार विधेय ...

बोदे बर्साईनमा रास्व ...

उमेश कुमार साह सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१