युवा नेता गोपाल कृष्ण यादवको विशेष पहलमा पोर्तहामा राधाकृष्ण प्रणामी मन्दिरको सिल्यानास

  • असोज २७, २०७८
  • १९२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ असोज- सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ३ पोर्ताहामा राधाकृष्ण प्रणामी मन्दिरको सिल्यानास गरिएको छ । समाजद्वारा चन्दा संकलन गरी ब्यक्तिगत लगानी र मनकारीहरुको बिशेष सहयोगमा उक्त मन्दिर निर्माण हुने स्थानीय युवा नेता गोपाल कृष्ण यादवले जानकारी दिनु भयो । नेपाली काङ्ग्रेस पार्टीका सिरहा जिल्ला सभापति रामचन्द्र यदवको प्रमुख आतिथ्यमा मन्दिरको सिल्यानास गरिएको आयोजक नेपाली काङ्ग्रेस सखुवानन्कारट्टी गाउँपालिकाका युवा नेता गोपाल कृष्णयादवले जानकारी दिनुभयो । मन्दीर निर्माणगर्न स्थानीय नथुनी साह र लक्ष्मण साहले करिब १५ धुर जग्गामा दान गरेको छ । आर्थिक अवस्था कमजोर भए पनि मन्दिर निर्माण गर्न जग्गा दानगर्ने दानविर परिवारहरुलाई समाज र नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधिले सम्मान गरेको थियो ।

उक्त मन्दिर निर्माण गर्न नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले १ लाख २५ हजार , नेपाली काङ्ग्रेस पार्टीका प्रदेशसभा सदस्यका प्रत्यासी उम्मेदवार देवनाथ यदवले नगद रु ५१ हजार ,पार्टीकै सिरहा जिल्ला सचीव पन्चलाल महतोले ७५ बोरा सिमेन्ट दानगर्ने घोषणा गरेको छ । त्यसैगरी नेकाका लहान नगर सभापति सुनिल महतोले मन्दीर निर्माण गर्न आफ्नो निजि तर्फबाट पनि संतोष जनक सहयोग हुने बताए ।

हिन्दुधर्मालम्बीको समाजिक विकासका लागि मन्दिरको एतिहासिक महत्व रहेकोले सोको विकासका लागि पहल गर्न पछाडी नपर्ने प्रतिबद्धता गरे । प्रमुख अतिथिको रुपमा मन्दिरको शिलान्यास गर्न आएका नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अब आउने चुनावमा नेपाली काङ्ग्रेस देशको प्रमुख पार्टी हुने बताए । स्थानीय तह , प्रदेश र केन्द्र तिनै तहमा नेपाली काङ्ग्रेस प्रमुख पार्टी हुने दाबी गरे । जनताको चाहना अनुसार नेपाली काङ्ग्रेसले देशमा ठूलो परिवर्तनहरु ल्याएकोले चुनावमा अगाडि रहने बताए ।

सिल्यानास कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्यनारायण यादव , नेविसंघका केन्द्रिय सदस्य संजय यादव , काङ्ग्रेस पार्टिका सिरहा जिल्ला उपाध्यक्ष बिष्णु साह बानियाँ , सचिव पन्चलाल महतो,लहान नगर सभापति सुनिल महतो , समाजसेवी तथा काङ्ग्रेस पार्टीका जिल्ला सदस्य महेश चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गोपाल कृष्ण यादव र बिरेन्द्र यादव लगायतले बिशेष सहयोग रहेको नेबि संघको युवा नेता पपु यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहानमा मेयर चौधरीद्व ...

ओम प्रकाश यादव लहान, ७ कात्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर २१ अन्तर्गत कलाबञ्जर र बेतहा गाउँक ...

कृष्णानगरमा नागरिकको ...

कृष्णनगर, कपिलवस्तु, कार्तिक ७ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वे ...

दिपावली,भाइ टिका, छठ ...

रहमुल लहान ५ कार्तिक । दीपावली, भाइ टिका, छठ र सामाचकेवा नेपाल र भारतको संस्कृति र परम्परामा गह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१