काङ्ग्रेस सभापति यादवद्वारा १ लाख २५ हजार सहयोग गर्ने घोषणा

  • असोज २६, २०७८
  • १७५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २६, असोज सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर - ३ पोर्ताहामा आज राधाकृष्ण प्रणामी मन्दिरको सिल्यानास गरिएको छ । समाजद्वारा चन्दा संकलन गरी ब्यक्तिगत लगानी र मनकारीहरुको बिशेष सहयोगमा उक्त मन्दिर निर्माण हुने जनाईएको छ । नेपाली काङ्ग्रेस पार्टीका सिरहा जिल्ला सभापति रामचन्द्र यदवको प्रमुख आतिथ्यमा मन्दिरको सिल्यानास गरिएको आयोजक नेपाली काङ्ग्रेस सखुवानन्कारट्टी गाउँपालिकाका युवा नेता गोपाल कृष्णयादवले जानकारी दिनुभयो । मन्दीर निर्माणगर्न स्थानीय नथुनी साह र लक्ष्मण साहले करिब १५ धुर जग्गामा दान गरेको छ । आर्थिक अवस्था कमजोर भए पनि मन्दिर निर्माण गर्न जग्गा दानगर्ने दानविर परिवारहरुलाई समाज र नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधिले सम्मान गरेको थियो ।

Open Photo

उक्त मन्दिर निर्माण गर्न नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले १ लाख २५ हजार , नेपाली काङ्ग्रेस पार्टीका प्रदेशसभा सदस्यका प्रत्यासी उम्मेदवार देवनाथ यदवले नगद रु ५१ हजार , पार्टीकै सिरहा जिल्ला सचीव पन्चलाल महतोले ७५ बोरा सिमेन्ट दानगर्ने घोषणा गरेको छ । त्यसैगरी नेकाका लहान नगर सभापति सुनिल महतोले मन्दीर निर्माण गर्न आफ्नो निजि तर्फबाट पनि संतोष जनक सहयोग हुने बताए । हिन्दुधर्मालम्बीको समाजिक विकासका लागि मन्दिरको एतिहासिक महत्व रहेकोले सोको विकासका लागि पहल गर्न पछाडी नपर्ने प्रतिबद्धता गरे ।

Open Photo

प्रमुख अतिथिको रुपमा मन्दिरको शिलान्यास गर्न आएका नेपाली काङ्ग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवले अब आउने चुनावमा नेपाली काङ्ग्रेस देशको प्रमुख पार्टी हुने बताए । स्थानीय तह , प्रदेश र केन्द्र तिनै तहमा नेपाली काङ्ग्रेस प्रमुख पार्टी हुने दाबी गरे । जनताको चाहना अनुसार नेपाली काङ्ग्रेसले देशमा ठूलो परिवर्तनहरु ल्याएकोले चुनावमा अगाडि रहने बताए । सिल्यानास कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य सुर्यनारायण यादव , नेविसंघका केन्द्रिय सदस्य संजय यादव , काङ्ग्रेस पार्टिका सिरहा जिल्ला उपाध्यक्ष बिष्णु साह बानियाँ , सचिव पन्चलाल महतो, लहान नगर सभापति सुनिल महतो , समाजसेवी तथा काङ्ग्रेस पार्टीका जिल्ला सदस्य महेश चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गोपाल कृष्ण यादव र बिरेन्द्र यादव लगायतले बिशेष सहयोग गरेका थिए ।

Open Photo

प्रतिक्रिया दिनुहोस

लहान- सातका प्राध्या ...

लहान, ९ फागुन । सिराहाको लहान नगरपालिका–७ निवासी प्राध्यापक सन्तोष गुप्ता भन्ने संतोष कुमार सा ...

बालिका अपहरण गरी १ क ...

लहान फागुन ९ । चुनावको माहौल तातेको छ। सुरक्षा संयन्त्र चुनाव लक्षित शान्ति–सुरक्षा व्यवस्थापन ...

पर्सा जिल्लाको मूल स ...

वीरगंज, ७ फागुन । सामाजिक स्वयंसेवक एंव अधिवक्ता प्रमोद प्रसादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१